काठमाडौँ — चर्चित गायक सोनु निगम काठमाडौं ओर्लिएका छन् । क्रिसमसका अवसरमा नेपालमा पहिलो पटक निगमले प्रस्तुति दिन लागेका निगम बुधबार दिउँसो काठमाडौं ओर्लिएका हुन् । विमानस्थलमा उनलाई ढाका टोपी लगाइदिएर स्वागत गरिएको थियो ।
हायत चौरमा आयोजना हुने 'सोनु निगम लाइभ इन नेपाल'मा आयोजकले ९ देखि १० हजार दर्शक अपेक्षा गरेका छन् । निगमले नेपाली दर्शकबीच ३ घण्टाको सांगीतिक प्रस्तुति दिनेछन् । उनले नेपाली गीत पनि गाउने आयोजकले जनाएको छ ।
निगम २१ वर्षअघि व्यक्तिगत कारणले नेपाल आइपुगेका थिए । तर, दर्शकबीच भने यो नै उनको पहिलो प्रस्तुति हुनेछ । निगमलाई नेपाल ल्याउने तयारी सुरु भएको करिब ६ महिना भयो ।साँझ ६ बजेबाट 'सोनु निगम लाइभ इन नेपाल' सुरु हुनेछ ।
![Sonu Nigam arrives in Kathmandu for concert[Photos]](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/entertainment/sonu-nigam-5-25122024102723-1000x0.jpg&w=1001&h=0)