सोनु निगमको कन्सर्ट भोलि

पुस ९, २०८१

कान्तिपुर संवाददाता

Sonu Nigam's concert tomorrow

काठमाडौँ — चर्चित गायक सोनु निगम नेपालमा गुञ्जँदैछन् । क्रिसमसका अवसरमा नेपालमा पहिलो पटक निगमले प्रस्तुति दिन लागेका हुन् ।

हायत चौरमा आयोजना हुने 'सोनु निगम लाइभ इन नेपाल'मा आयोजकले ९ देखि १० हजार दर्शक अपेक्षा गरेका छन् । आयोजक टिम नेपाल टच नेपालका अनुसार अहिलेसम्म ६ हजार बढीको टिकट बिक्री भइसकेको छ ।

निगमले नेपाली दर्शकबीच ३ घण्टाको सांगीतिक प्रस्तुति दिनेछन् । उनले नेपाली गीत पनि गाउने आयोजकले जनाएको छ । निगम २१ वर्षअघि व्यक्तिगत कारणले नेपाल आइपुगेका थिए । तर, दर्शकबीच भने यो नै उनको पहिलो प्रस्तुति हुनेछ । निगमलाई नेपाल ल्याउने तयारी सुरु भएको करिब ६ महिना भयो ।

साँझ ६ बजेबाट 'सोनु निगम लाइभ इन नेपाल' सुरु हुनेछ ।

कान्तिपुर

Link copied successfully