काठमाडौँ — मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको समूहको ‘मह जात्रा’ आज चितवनमा हुँदैछ । चितवनको नारायणघाटमा रहेको इन्द्रदेव चलचित्र मन्दिरमा साँझ ५ बजे हुने जात्राको सम्पूर्ण तयारी पूरा भइसकेको छ ।
गीतानगर लायन्स क्लबको आयोजनामा यहाँ मह जात्रा हुन लागेको हो । जात्रामा मदनकृष्ण र हरिवंशसहित किरण केसी, राजाराम पौडेल, शिवहरि पौडेल, नरेन्द्र कंसाकार, शैलेन्द्र सिम्खडा, यमन श्रेष्ठ, दिनेश काफ्ले, विभुषा बस्नेतलगायत हास्य कलाकारको पनि प्रस्तुति रहेको छ ।
कलाकारहरुले झन्डै तीन घण्टा आफ्नो प्रस्तुति राख्ने लायन्स क्लबका पूर्वअध्यक्ष देभेन लोहोनीले जानकारी दिए । झन्डै १० वर्षपछि ‘मह जात्रा’ नामक प्रहसनलाई पुनः ब्युँताए नेपालका विभिन्न सहरहरुमा प्रहसन जारी छ ।
