'हरि हजुरबा'को मञ्चन सुरु

पुस ५, २०८१

कान्तिपुर संवाददाता

The staging of 'Hari Hazurba' has started

काठमाडौँ — मण्डला नाटक घरमा नाटक 'हरि हजुरबा'को मञ्चन सुरु भएको छ । पुस २८ गते सम्म मञ्चन हुने यो नाटकलाई अभिनेता नाजिर हुसेनले लेखेका हुन् । हुसेनकै परिकल्पना र निर्देशनमा तयार यो नाटकमा उनीसँगै अभिनेता विजय बराल मञ्चमा देखिँदैछन् । 

द्वन्द्वले पारेको प्रभाव र मानवीय सम्बन्धको गहिराइ उजागर गर्ने यो नाटकमा नाजिर र विजयसँगै रियुल्साङ, सविना थापा, रोहित शाह, सुजना पाण्डे, मनिष पाण्डे र रिसु राउतको अभिनय छ । अभिनेता बराल नाटक 'मितज्यू'पछि मञ्चमा देखिएका हुन् । 

चिठी पुर्‍याउँदै हिँड्ने हुलाकी केटो हरि र द्वन्द्वमा हराएकी नातिनीलाई पर्खिरहेका हजुरबाको कथामा नाटक बनेको छ । नाटकलाई अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङले निर्माण गरेका हुन् । 

कान्तिपुर संवाददाता

Link copied successfully