ललितपुर — आर्ट सोमले ललितपुरमा चित्रकला प्रदर्शनी गर्ने भएको छ । चित्रकलासम्बन्धी सीप सिकाउँदै आएको एकेडेमी आर्ट सोमले ललिततपुरको पुल्चोकमा आगामी शनिबारदेखि चित्रकला प्रदर्शनी गर्ने भएको हो ।
तीन दिनसम्म चल्ने उक्त प्रदर्शनीमा आर्ट सोमले आफ्नो एकेडेमीमा अध्ययनरत विद्यार्थीको चित्रकला प्रदर्शनीमा राख्ने एकेडेमीका संस्थापक सुजनवीर बज्राचार्यले बताए ।
विद्यार्थीमा चित्रकलामार्फत सिर्जनशीलताको विकास गर्न भन्दै एकेडेमीको सुरुवात गरेको बज्राचार्यले बताए । एकेडेमीले भौतिक र अनलाइनमार्फत विद्यार्थीलाई चित्रकला सिकाउँदै आएको छ । प्रदर्शनीमा एकेडेमीमा अध्ययनरत २१ जना विद्यार्थीको चित्रकला प्रदर्शनीमा राखिने बज्राचार्यले बताए ।
बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म चल्ने प्रदर्शनीलाई निःशुल्क अवलोकन गर्न सकिने बताइएको छ ।
