‘प्यारो नेपाल’ म्युजिक भिडियोमा ३० जना बढी कलाकारको अभिनय

पुस २, २०८१

आश गुरुङ

More than 30 actors acted in the music video of 'Pyaro Nepal'

लमजुङ — लमजुङको क्व्होलासोथार गाउँपालिका-२, शैलुङ घर भइ हाल अमेरिकामा रहेका प्रेम गुरुङले ‘प्यारो नेपाल’ नामक म्युजिक भिडियो बजारमा ल्याएका छन् ।

म्युजिक भिडियोमा राजेश पायल राई, प्रेम गुरुङ, सुस्मिता गुरुङ, उर्मिला गुरुङ, रञ्जिता गुरुङ, गीता राई, एन्सर्ज गुरुङलगायत ३० जना बढी कलाकारको अभिनय छ। उनीहरुले विभिन्न जातजातिको भेषभूषमा सजिएर अभिनय गरेका छन् । कोरसमा अन्य कलाकारहरु पनि छन् ।

अमेरिका र नेपालमा छायांकन गरिएको उक्त म्युजिक भिडियो ६ मिनेट ४१ सेकेन्डको छ । प्रेम गुरुङले लेखेको यो गीतमा राजेश पायल राई, तारा श्रीस र गीता पाइजा पुनले आवाज दिएका छन् । संगीत तेजेन्द्र गुरुङको रहेको छ । गीतले नेपाली र नेपाली पहिचान बनेको छ ।

भूपेन्द्र गुरुङको निर्देशनमा निर्माण गरिएको म्युजिक भिडियो ग्लोबल नेपाल इन्टरटेन्टमेन्ट नामक युट्युब च्यानलमार्फत बजारमा आएको हो । म्युजिक भिडियोलाई भूपेन्द्र गुरुङले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियोमा शंकर विसीको कोरियोग्राफी छ । 

शम्भू मोक्तान र प्रविन थापामगरले छायांकन गरेको म्युजिक भिडियोमा अविनास मानन्धरले ड्रोन उडाएका छन् । म्युजिक भिडियोको सम्पादन बन्दे प्रसादले गरेका छन् ।

आश गुरुङ गुरूङ कान्तिपुरका लमजुङ संवाददाता हुन् ।

Link copied successfully