काठमाडौँ — प्रारम्भ फाउन्डेसनले आयोजना गरेको 'ग्ल्याम नेपाल इन्टरनेसनलको चौथो सिजन'को फेशन शो सम्पन्न भएको छ । शोको र्याम्पमा हिँड्नेहरु फिल्म क्षेत्रका अधिकांश कलाकारहरु थिए ।
१० सिक्वेन्समा सम्पन्न फेसन शोमा ८ जना डिजाइनरले तयार पारेको पोशाकमा ३७ जना कलाकारको प्रस्तुति थिए । अभिनेत्री आँचल शर्मा, साम्राज्य राज्यलक्ष्मी शाह, मिरूना मगर, आन्ना शर्मा, मिस युनिभर्स नेपाल २०२२ को विजेता सोफिया भुजेल, अभिनेता प्रदीप खड्का, र्यापर साकार लगायतले शोमा फरक-फरक डिजाइनरका पोशाकलाई प्रस्तुत गरेका थिए ।
प्रारम्भ प्रडक्सनका प्रमुख पवन आचार्यले कलाकारको यस किसिमको सहभागिताले फेसन उद्योगलाईसमेत विकास गर्दै लैजाने धारणा राखे ।
