काठमाडौँ — फिल्म 'पूर्ण बहादुरको सारंगी'का अभिनेता विजय बरालले नयाँ नाटक गर्ने भएका छन् । अभिनेता नाजिर हुसेनको लेखन, परिकल्पना तथा निर्देशन रहेको नाटक 'हरि हजुरबा'मा उनले अभिनय गर्दैछन् ।
नाटकमा नाजिर र विजयको मुख्य भूमिका रहनेछ । यो नाटक पुष ४ गतेदेखि २८ गतेसम्म थापागाउँस्थित मण्डला थिएटरमा मन्चन हुनेछ । विजयले अहिले आफू रिहर्सलमै व्यस्त भएको बताए ।
'नयाँ फिल्मका प्रस्तावहरू आइरहेका छन् । स्क्रिप्ट पनि पढिरहेको छु । साथै यता नाटकमा रिहर्सलमा व्यस्त छु,' विजयले भने । यो नाटकलाई अभिनेताद्वय दयाहाङ राई र बुद्धि तामाङले निर्माण गर्दैछन् ।
