काठमाडौँ — यतिबेला अभिनेता केदार घिमिरे(माग्ने बुढा)को व्यस्तता बढेको छ । चर्चित टेलिसिरियल 'मेरी बास्सै'को पात्र 'माग्ने बुढा'का नामले चिनिने उनलाई नयाँ फिल्मका अफरहरू लगातार आइरहेका छन् ।
यसअघि उनी प्रायः 'छक्का पन्जा' टिमभित्रको फिल्ममा मात्र काम गर्थे । टिमबाहिरको फिल्म विरलै मात्र गर्थे ।
'छक्का ५' प्रदर्शनपछि उनले अरु ब्यानरका नयाँ-नयाँ फिल्महरू साइन गरिरहेका छन् । अहिले केदारले अनमोल केसीसँग 'जेरी अनि टप'मा स्क्रिन सेयर गरिरहेका छन् । त्यसैगरी उनले पछिल्लो समय ‘कंगारु’, ‘माग्ने राजा’, ‘माइतीघर’ साइन पनि साइन गरेका छन् ।
