जम्बिज सिरिज 'अन्तिम यात्रा' आउँदै

मंसिर २५, २०८१

कान्तिपुर संवाददाता

Zombies series 'Antim Yatra' is coming

काठमाडौँ — डान्सिङ समूह कार्टुन्ज क्रुजले जम्बिजसम्बन्धी वेब सिरिज निर्माण गरेको छ । सरोज अधिकारीले निर्देशन गरेको सिरिजको शीर्षक 'अन्तिम यात्रा' हो । अधिकारीकै कथा र पटकथामा तयार भएको यो सिरिजको टिजर क्रिसमसको दिन सार्वजनिक गर्ने योजना रहेको निर्देशक अधिकारी बताउँछन् । 

हालै निर्माण टिमले सिरिजको पोस्टर सार्वजनिक गरेको छ । सिरिजमा सरोज अधिकारी, सिजल गौतम, विजय अधिकारी, सौरब ढकाल, निश्चल कार्की, ज्योति खड्का, मिशेल घिमिरे, परिक्षित बिक्रम राना, आयुष्मा भट्ट ,सन्ध्या कोइराला, कपिल रसैली, सन्देश थापा, बिभस खत्री, जोशना श्रेष्ठ, लक्ष्मी विश्वकर्मा, शिवराज गिरि, पेम्बा मगर, उपा अधिकारी, विशाल पहारी, संगीता शर्मा बस्याललगायतको अभिनय छ ।

संकल भुजेलको छायांकन र सुरोज अधिकारीको सम्पादन, राजेन्द्र मोक्तानको रंग संयोजन छ । 'एड्भेन्चर', 'कमेडी', 'हरर','रोमान्टिक ड्रामा' विधामा आधारित यो सिरिज  कार्टुन्ज क्रुको युट्युब च्यानलबाट अंग्रेजी नयाँ वर्षमा सार्वजनिक गरिने कार्यकारी निर्माता विजय अधिकारीले बताए ।

कान्तिपुर संवाददाता

Link copied successfully