पोखरामा कृष्ण थापामगरको एकल साँझ

मंसिर २३, २०८१

कान्तिपुर संवाददाता

Krishna Thapamagar's solo evening in Pokhara

काठमाडौँ — पोखरामा आगामी पुस ६ गते लोकगायक कृष्ण थापामगरको 'एकल सांगीतिक साँझ-२०८१' हुने भएको छ । नेपाल मगर सांस्कृतिक संघ कास्कीको आयोजनामा हुने एकल साँझमा गायक थापाले आफ्ना लोकप्रिय गीतहरु 'काठमाडौं तीनकुने', 'सारंगीको तार', 'लाहुरे फुली पाते बुलाकी', 'जुनी जुनी'लाईलगायत दर्जनभन्दा बढी गीत पस्कनेछन् । 

नेपाल मगर सांस्कृतिक संघ कास्कीकी अध्यक्ष सरिता सारुमगरका अनुसार मौलिक लोकगीत संगीतमार्फत नेपाली लोक संस्कृतिको संरक्षण, संवर्द्धन र जगेर्ना गर्ने उदेश्यसहित साँझको आयोजना गरिएको हो ।

लोक गायक कृष्ण थापालाई सांगीतिक दुनियाँमा थप क्रियाशील गराउन पनि यो कार्यक्रमको आयोजना गरिएको बताइएको छ । 

गायक थापामगरले २०४५ मा रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए ।

कान्तिपुर

Link copied successfully