काठमाडौँ — गायक प्रताप दास र सुमी पराजुलीको आवाजमा नयाँ गीत सार्वजनिक भएको छ । यादव लम्सालको शब्दमा 'माया गर्ने तरिका' बोलको गीत सार्वजनिक भएको हो ।
गीतलाई संगीतकार अर्जुन पोख्रेलले संयोजन गरेका हुन् । मुस्कान ढकालको निर्देशनमा बनेको गीतको भिडियोमा भने कलाकार रमेश विश्वकर्मा, कविता नेपाली, प्रकाश सुनारलगायतको अभिनय छ ।
रोशन विश्वकर्माको करियोग्राफीमा बनेको यो गीतलाई विकास दाहालले सम्पादन गरेका हुन् ।
