कमेडी शो ‘मिमिक्री किङ्स’ आउँदै

मंसिर १९, २०८१

कान्तिपुर संवाददाता

Comedy show 'Mimicry Kings' is coming

काठमाडौँ — नयाँ कमेडी रियालिटी शो ‘मिमिक्री किङ्स’ आउने भएको छ । सिकाइको पाठशाला स्लोगन दिइएको यस रियालिटी शोमा क्यारिकेचर कमेडियन सहभागी हुन सक्नेछन् । दक्षयानी प्रोडक्सनको ब्यानरमा बन्ने यो शोको अहिले सेट डिजाइनको काम भइरहेको छ ।

‘मिमिक्री किङ्स’लाई कमेडियन दिनेश काफ्लेले निर्देशन गर्दै छन् । उनका अनुसार शो आगामी फागुनसम्म प्रसारण गर्ने तयारी भइरहेको छ ।

शोको डिजिटल राइट्समा ओएसआर डिजिटल रहेको छ । ‘हामी अहिले स्टुडियोको काममा व्यस्त छौं, यो शो नेपालका लागि मात्र नभई वर्ल्डमै फरक हुनेमा ढुक्क छौं । मिमिक्री गर्नेहरूका लागि छुट्टै शो बनेको छैन,’ निर्देशक काफ्लेले भने, ‘छिट्टै हामी डिजिटल अडिसन खुलाउने तयारीमा छौं ।’

उनका अनुसार शोमा तीन निर्णायक हुनेछन् भने एक मिमिक्री निर्णायक छुट्टै हुनेछ । ‘मिमिक्रीसँगै अभिनय गर्नेहरूलाई लक्षित गरेर निर्णायक टिम बनाउँदै छौं,’ उनले भने ।

शोको विजेतालाई एक कार र नगद उपहार प्रदान गरिने घोषणा गरिएको छ । साथै विजेताले विदेशका केही कार्यक्रममा प्रस्तुति दिने अवसरसमेत पाउनेछन् ।

कान्तिपुर

Link copied successfully