‘सोनु निगम लाइभ’ हुने

मंसिर १८, २०८१

कान्तिपुर संवाददाता

काठमाडौँ — भारतीय गायक सोनु निगमले काठमाडौंमा कन्सर्ट गर्ने भएका छन् । क्रिसमसको अवसर पारेर पुस १० मा ‘सोनु निगम लाइभ इन नेपाल’ कन्सर्ट हुन लागेको हो । 

नेपाली टच इभेन्ट्सले हायात ग्राउन्डमा आयोजना गर्न लागेको उक्त कन्सर्टका लागि ईभी ब्रान्ड ‘दिपल’ प्रायोजकका रूपमा रहेको छ । आयोजकले विश्व प्रसिद्ध गायकलाई नेपाली फ्यानमाझ प्रस्तुत गर्न पाउँदा खुसी लागेको उल्लेख गरेको छ ।

कन्सर्टमा सोनुले आफ्ना चर्चित गीतहरू गाउने बताइएको छ । कार्यक्रमबारे सोनुले समेत एक भिडियो सन्देशमार्फत नेपाली दर्शक, श्रोतालाई आफू कन्सर्टका लागि काठमाडौं आउन लागेको बताएका छन् । कन्सर्टको टिकट ई–सेवामार्फत किन्न सकिने आयोजकले बताएको छ ।

कान्तिपुर

Link copied successfully