‘द मिस ग्लोब’ को उपाधि कोलम्बियालाई, नेपालकी मोनिका टप १६ पर्न सफल

आश्विन ३०, २०८१

कान्तिपुर संवाददाता

The title of 'The Miss Globe' went to Colombia, Monika from Nepal managed to reach the top 16

काठमाडौं — ‘द मिस ग्लोब’ को उपाधि कोलम्बियाले जितेको छ । बिहीबार बिहान अल्बानियामा भएको फिनालेमा कोलम्बियाकी डायना मोरेनोले ताज पहिरिएकी हुन् । नेपालकी मोनिका अधिकारी भने टप १६ सम्म पुग्न सफल भइन् । यो नेपाल को ‘द मिस ग्लोब’ मा पहिलो सफलता हो ।

२० दिनसम्म चलेको प्रतियोगितामा मोनिका ‘हेड टु हेड च्यालेन्ज’ र ‘मस्ट पपुलर’ विधामा फाइनलमा पुगेकी हुन् । यसअघि सनुर्वी इन्टरनेसनलका अध्यक्ष तथा पूर्वमिस्टर नेपाल डा. सन्तोष उपाध्याय सन् २०२१ मा मिस्टर सुप्रानेसनलमा थर्ड रनरअपसहित २ सब टाइटल जित्न सफल भएका थिए ।

मोनिकाको सफलताले अवसर र आयोजकको राम्रो साथ पाए नेपालीले अन्तर्राष्ट्रिय उपाधि ल्याउन सक्छन् भन्ने फेरि एक पटक पुष्टि भएको उनको भनाइ छ ।

कान्तिपुर

Link copied successfully