'द भाइब्ज ब्यान्ड'को गीत 'थाकिसकें' मा एआई सिर्जित म्यूजिक भिडियो 

श्रावण २२, २०८१

कान्तिपुर संवाददाता

AI generated music video for the song 'Thakisken' by 'The Vibes Band'

काठमाडौँ — द भाइब्ज ब्यान्डले नेपाली भाषाको गीतमा एआई (आर्टिफिसियल इन्टेलिजेन्स) प्रयोग गरी बनाइएको म्यूजिक भिडियो सार्वजनिक गरेको छ।

पप रक ब्यान्ड द भाइब्ज ब्यान्डले  गीत 'थाकिसकें'माथि एआइद्वारा निर्मित म्युजिक भिडियो बनाएको हो ।  उक्त भिडियो आइतबार राष्ट्रिय टेलिभिजनहरुमार्फत सार्वजनिक  भएको थियो । 

एआईलाई दिइएको निर्देशनबाट निर्मित सो भिडियोमा एआईले सिर्जना गरेका युवायुवतीको प्रेम र विछोडको दृश्यलाई देखाइएको छ। भिडियोमा देखिने युवा युवती एआईले सिर्जना गरेका कृतिम चरित्र हुन् । भिडियोमा देखिने सबै दृश्य पनि एआईकैबाटै सिर्जित हुन् ।AI generated music video for the song 'Thakisken' by 'The Vibes Band'एआईसिर्जित दृश्य

भिडियोमा कफी सपदेखि गाउँ –सहरका विभिन्न रमणीय दृश्य, ड्राइभिङका दृश्य, मठ–मन्दिरका दृश्य, दनदनी बलेको आगो जस्ता दृश्यहरू एआई सिर्जित हुन् ।

मिडजर्नी, रनवेएमएल, लुमाएआई, किङएआई, टोपाज भिडियोएआईजस्ता सप्टवेयरको मद्दतबाट निर्माण गरिएको भिडियोमा प्रइनको एआई निर्देशन, सम्पादन र कलर ग्रेडिङ तथा अजय भट्टराईको स्क्रिनप्ले रहेको छ । विवेक पोखरेलको शब्द रचना, मनोज सिंहको बाँसुरी रहेको सो गीतमा साश्वत श्रेष्ठको मिक्सिङ र निर्माण रहेको छ ।

सन् २००८ मा सार्वजनिक ब्यान्डको द भाइब्ज जेनरेसन एल्बममा समावेश गीत ब्यान्डले इम्प्रोभाइजएक पटक एआई जेनरेसनका लागि पस्किएको छ।

यो ब्यान्डको भोकलिस्ट प्रइन सिंह हुन् भन् भने ड्रम्समा दिरेकलाल श्रेष्ठ, गितारमा रूपक लामा र बाँसुरीमा मनोज सिंह रहेका छन्।

कान्तिपुर

Link copied successfully