काठमाडौँ — सन् १९५६ मा आजकै दिन (जुलाई ९) हलिउडका चर्चित अभिनेता तथा फिल्म निर्माता टम ह्याङ्क्सको जन्म भएको थियो । अमेरिकाको क्यालिफोर्नियामा जन्मेका उनी कमेडी र विशिष्ट भूमिकाका लागि परिचित छन् । कलेज जीवन सकिएपछि उनले अभिनयमा पाइला चालेका थिए ।
सुरुवाती दिनमा नाटकहरूमा अभिनय गर्दै आएका उनले सन् १९८० मा पहिलो पटक फिल्ममा अभिनयको मौका पाएका थिए । हलिउड क्षेत्रमा ४ दशक बिताइसकेका उनी आजका दिनमा पनि अभिनयमा सक्रिय छन् ।
सन् १९९३–९४ मा प्रदर्शन भएका ‘फिलाडेल्फिया’ र ‘फरेस्ट गम्प’ फिल्मबाट उत्कृट अभिनेतामा ‘एकेडेमी अवार्ड’ जितेका उनले थुप्रै सफल चलचित्रमा अभिनय गरेका छन् । सन् २०२३ मा उनले अभिनय गरेको ‘एस्टेरोइड सिटी’ फिल्म प्रदर्शन भएको थियो ।
