कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

कर्माले ल्याउँदै ‘हेर’

काठमाडौँ — सांगीतिक ब्यान्ड ‘कर्मा’ ले एक दशकपछि नयाँ एल्बम बजारमा ल्याउने भएको छ । नयाँ एल्बम ‘हेर’ मा आठवटा गीत समेटिएका छन् । 

कर्माले ल्याउँदै ‘हेर’

गीतमा ब्यान्डका फ्रन्टम्यान सुरेन्द्रमान सिंहको शब्द र संगीत छ । ‘हुक्का मेरो डल्ले डल्ले’, ‘मौनतामा’, ‘यानीमाया’, ‘कहाँ होला घरबार’ लगायतका चर्चित गीत गाएको ब्यान्डको यो छैटौं एल्बम हो ।

एल्बममा समावेश गीतमाथि हाल धमाधम भिडियो तयार भइरहेको ब्यान्ड व्यवस्थापक विजय अधिकारीले जनाए । सन् १९९९ मा पहिलो एल्बम ‘सहर तिम्रो’ सार्वजनिक गरेको ब्यान्ड २००० मा आएको दोस्रो एल्बम ‘हुक्का’ बाट निकै चर्चामा आएको थियो ।

पछिल्लो पटक ब्यान्डले २०१३ मा ‘नयाँ सपना’ एल्बम सार्वजनिक गरेको थियो । केही वर्षदेखि अमेरिका केन्द्रित भई सांगीतिक गतिविधिमा सक्रिय ब्यान्डले क्यानडा, अस्ट्रेलिया, युरोप, कोरिया र सिंगापुरलगायत देशमा सांगीतिक प्रस्तुति दिइसकेको छ ।

‘हाम्रा गीतहरू युवादेखि पाका उमेरका दर्शक तथा श्रोताले मन पराउने गर्नुभएको छ । अमेरिकामा केन्द्रित भएर सांगीतिक गतिविधि गरिरहेको भए पनि हामीले आफ्नो नयाँ एल्बम सार्वजनिक नगरेको एक दशक भइसक्यो,’ फ्रन्टम्यान सुरेन्द्रमान सिंहले भने, ‘त्यसकारण पनि श्रोता तथा दर्शकमाझ पुग्न ब्यान्डले नयाँ एल्बम सार्वजनिक गर्न लागेको हो ।’

प्रकाशित : माघ २७, २०८० ०६:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×