काठमाडौँ — हङकङका नेपाली युवाले बनाएको फिल्म 'बोजू' हङकङकै फिल्म फेस्टिभल 'अल अबाउट अस फिल्म फेस्टिभल २०२३'मा छनौट भएको छ । फिरेन्स राईको निर्देशनमा बनेको यो फिल्ममा अंग्रेजी र नेपाली भाषाको प्रयोग गरिएको छ ।
फिल्ममा नाती र हजुरआमा(बोजू)को सम्बन्धलाई प्रस्तुत गरिएको छ । यो फिल्म निर्माणमा कलाकार विपिन कर्माले मेन्टरिङ गरेका हुन् । निर्देशनमा आफूलाई तयार गर्दै आइरहेका विपिन नेटफ्लिक्समा प्रदर्शनमा आएको 'ह्यान्ड रोल्ड सिगरेट'का कलाकारसमेत हुन् ।
हङकङका चर्चित कलाकार गोर्डेन ल्यामसँगै प्रमुख भूमिकामा अभिनय गरेपछि हङकङ निवासी नेपालीबिच विपिन चर्चामा आएका हुन् । विपिन संलग्न यही फिल्म 'अल अबाउट अस फिल्म फेस्टिभल २०२३'को ओपनिङ फिल्म पनि हो ।
