कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०

बिएफआईमा भरत सहभागी

कान्तिपुर संवाददाता

काठमाडौँ — रुयुस्के हामागुची निर्देशित 'एभिल डज नट एक्जिस्ट'ले ६७ औं संस्करणको बिएफआई लन्डन फिल्म फेस्टिभलमा उत्कृष्ट फिल्मको अवार्ड जितेको छ । 

बिएफआईमा भरत सहभागी

लन्डनमा आयोजित फेस्टिभलमा नेपाली फिल्म तथा म्युजिक भिडियोका स्थापित सम्पादक भरत रेग्मी डेलिगेट्स (प्रतिनिधि) का रुपमा सहभागी भएका छन् ।

आयोजकले विश्वका सिमित व्यक्तिलाई डेलिगेट्सको रुपमा छनोट गरेको थियो । त्यसै क्रममा नेपालबाट रेग्मी छनोट भएका हुन् । यसका लागि रेग्मीले दुई महिना लगाएर पर वर्क, प्रोजेक्ट वर्क तथा डकुमेन्टेसन रिभ्यु गरेका थिए । 'यस्तो महत्त्वपूर्ण फेस्टिभलमा नेपालको प्रतिनिधि भएर सहभागि हुनु मेरो लागि खुशीको कुरा हो,' उनले भने ।

प्रकाशित : कार्तिक २, २०८० १६:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फेरि सुन तस्करी मौलाइरहेको छ। यसको कारण के होला ?