काठमाडौँ — बुसान अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल अन्तर्गतको बुसान एसिन फिल्म एकेडेमी (बाफा)बाट नेपाली सिनिम्याटोग्राफर अमर महर्जन सम्मानित भएका छन् । 'ऐना झ्यालको पुतली' खिचेका महर्जनले आउटस्यान्डिङ प्रस्तुतिका लागि 'एरी' अवार्ड जितेका हुन् ।
एरीले उक्त अवार्ड महर्जनलाई प्रदान गरेको हो । गत वर्षबाट बाफालाई च्यानल 'एक्स बिफ बाफा'को नाम दिइएको छ । महर्जनले अब क्यामेरा सम्बन्धि कम्पनी एरीको हेडक्वार्टरमा केही समयको तालिम पाउनेछन् । महर्जनले लघु फिल्मका लागि एक हजार डलर पनि प्राप्त गरेका छन् । यी दुई उपलब्धिले आफूलाई खुसी बनाएको महर्जन सुनाउँछन् । 'निकै खुशी छु,' उनले भने ।
फेस्टिभल अन्तर्गतको बुसान एसियन फिल्म एकेडेमीमा यो वर्ष अमरसँगै साउन्ड डिजाइनर उत्तम न्यौपाने सहभागी थिए । नेपाली फिल्म 'गाउँ आएको बाटो', 'गुराँस' र 'साक्षी रुख' फेस्टिभलमा छनोट भएको थियो ।
