कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

४९ वर्षअघिको गीत 'सुनैको काङ्‍ग्यो'

कान्तिपुर संवाददाता

काठमाडौँ — कलाकार लुनिभा तुलाधरको निर्देशनमा नयाँ गीत 'सुनैको काङ्ग्यो' सार्वजनिक भएको छ । मञ्जुलको शब्द तथा प्रतिमा राजभण्डारीको स्वरमा सार्वजनिक गीतमा राजु तुलाधरले संगीत भरेका हुन् । 

४९ वर्षअघिको गीत 'सुनैको काङ्‍ग्यो'

उनी लुनिभाका पितासमेत हुन् । संगीत भरेको करिब ४९ वर्षपछि गीतलाई विमोचन गरिएको उनी बताउँछन् । 'गीतलाई २०३१ तिरै संयोजन गरेको थिएँ । पहिला-पहिला गीत सुनिन्थ्यो, पछि हेर्ने बन्दै गयो । त्यसैले यो गीतको भिडियोमा छोरी लुनिभाले आफ्नो कला देखाएकी छन्,'उनले भने ।

गीतको भिडियोमा माइती छोडेर बिहेको तयारीमा रहेकी चेलीको मर्मलाई लुनिभाले अभिनयमार्फत् पस्केकी छन् । गीतमा गोपाल रसाइलीको संयोजन, प्रसन्ना शाक्यको रेकर्डिङ छ । संगीतकार बाबुले आफूहरुकै लागि संगीत छोडेर अन्य पेशामा लागेको लुनिभा सुनाउँछिन् । 'यो गीतलाई बुवाकै जन्मदिन पारेर हामीले सार्वजनिक गरेका हौं,'उनले भनिन् ।

प्रकाशित : आश्विन १४, २०८० १७:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?