२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१३

मण्डलामा ‘युद्धका घाउहरु २.०’

तस्बिर : केशव थापा

काठमाडौँ — मण्डला स्टुडियो थिएटरमा 'युद्धका घाउहरु २.०' को आज अन्तिम सो देखाइँदै छ । मण्डला ड्रामा स्कुलका पहिलो ब्याचका विद्यार्थीले बनाएको नाटक साउन १६ गतेदेखि नियमित मञ्चन भइरहेको हो । नाटक अन्जान प्रदीपको लेखन र निर्देशनमा तयार पारिएको हो ।

मण्डलामा ‘युद्धका घाउहरु २.०’

नाटकमा जनयुद्ध र त्यसका असरमा परेका पात्रहरुको कथा छ । 'यो नाटक नेपालमा चलेको दस वर्षे सशस्त्र द्वन्द्वमा जबर्जस्ती बेपत्ता, यौनिक हिंसा, विस्थापन, अङ्गभङ्ग तथा शारीरिक यातना आदि परिणामहरुमाथि केन्द्रित छ । जुन मुद्दाहरु अझै पनि राम्रोरी सम्बोधन हुन सकेका छैनन् । वर्तमान नयाँ र समृद्ध नेपालको परिकल्पना र ती युद्धका भौतिक तथा मनोसामाजिक घाउहरु ओझेलमा पारिएका छन् ।

'यस नाटकको उद्देश्य ती घाउहरु कोट्याउनु होइन ती घाउहरु अझै अस्तित्तवमा छन् भन्नेतर्फ सुचित गर्नु हो,'नाटकबारे प्रचार पुस्तिकामा लेखिएको छ, 'युद्ध मानव सभ्यताकै भयानक त्रासदी हो, जसका कहालीलाग्दा परिणामहरु संसारभर विभिन्न मुलुकहरुले अहिलेसम्म भोग्दै आइरहेका छन् । र वर्तमान आधुनिक चेतनाले ती युद्धहरुका समीक्षा पनि गर्द आइरहेको छ । यो नाटक पनि त्यही प्रयासको एउटा कडी हो, जहाँ पीडितको आँखाबाट युद्ध र त्यसका अमानवीय परिणामहरुको समीक्षा गर्ने प्रयास गरिएको छ ।'

यो नाटकमा बगिरहने खोला नै सुत्रधारको भूमिकामा छन् । जनयुद्ध शब्द उच्चारण नगरी नै बिम्बात्मक रुपले नाटकले १० वर्षे युद्धतर्फ दर्शकलाई पुर्‍याइदिन्छ । युद्धलाई ठूलो हुरी बतास/आँधी हुरीको बिम्बका रुपमा प्रस्तुत गरिएको छ । २४ जुलाईमा यो नाटकलाई कोलम्बोको एकेडेमिक थेस्पियन्स थिएटर फेस्टिभलमा पनि मञ्चन गरिएको थियो ।

प्रकाशित : श्रावण २१, २०८० १२:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?