काठमाडौँ — सुरज पाण्डे निर्देशित 'परस्त्री' बिहीबारदेखि प्रदर्शनमा आएको छ । असार १५ देखि प्रदर्शनमा आउने भनिएको फिल्म बकर इदको बिदा लक्षित गरेर एक दिन अगाडि नै हलमा लागेको हो ।
कलाकार सुरज पाण्डे निर्देशित फिल्ममा अभिनेत्री शिल्पा मास्के र कोशिस क्षेत्रीको प्रमुख अभिनय छ । निर्देशक दीपेन्द्र के खनालको लेखन रहेको फिल्ममा शर्मिला पाण्डेको लगानी छ । लगानीकर्ता सुरजकी आमा पनि हुन् ।
सस्पेन्स थ्रिलरको विधामा बनेको यो फिल्मको बुधबार मात्रै काठमाडौंमा प्रिमियर आयोजना गरिएको थियो । फिल्ममा विवाहेत्तर सम्बन्धले ल्याउने आरोह अवरोहको कथा समावेश छ । फिल्ममा शिल्पा र कोशिससँगै अलिशा क्षेत्री, अशान्त शर्मा, रामबाबु रेग्मी, सरस्वती अधिकारी, झकेन बिसी र अर्पित न्यौपानेको अभिनय छ ।
योसँगै हलमा हिन्दी फिल्म 'सत्य प्रेम की कथा' पनि प्रदर्शनरत छ ।
