कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४८

असार २२ मा 'रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड' हुँदै

काठमाडौँ — पाँचौं 'रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड' हुने भएको छ । रेडियो कान्तिपुरले २४औं वार्षिकोत्सवको अवसरमा असार २२ मा कार्यक्रम गर्दै अवार्ड वितरण गर्ने भएको हो । 

असार २२ मा 'रेडियो कान्तिपुर नेसनल म्युजिक अवार्ड' हुँदै

२०७८ देखि २०७९ साउनसम्म प्रशारणमा आएका गीतबाट ७५ मनोनयन सार्वजनिक गर्दै त्यसमध्येबाट १५ विधामा अवार्ड वितरण गरिने भएको कार्यक्रम निर्देशक भुपेन्द्र खड्काले बताए ।

उत्कृष्ट नव गायक/गायिका, उत्कृष्ट रचानाकार, उत्कृष्ट संगीत निर्देशक, उत्कृष्ट लोकदोहरी गायक/गायिका, उत्कृष्ट सांगीतिक समूह तथा उत्कृष्ट गायक/गायिकाको विधामा अवार्ड वितरण गरिने भएको हो । दीर्घ साधना अवार्ड (लाइभटाइम अचिभमेन्ट) बाट एक जना संगीतसाधकलाई पुरस्कार रकम एक लाख रुपैयाँ र ट्रफीसहित सम्मान गरिने भएको छ । त्यस्तै पिपल्स च्वइस अवार्डको चयन भने स्रोताको सहभागितामा हुने बताइएको छ ।

कार्यक्रममा गायक/गायिकाहरू स्वप्न सुमन, समीर श्रेष्ठ, सुशान्त केसी, प्रकाश सपुत, शिव परियार, सुवानी मोक्तान, सन्दीप क्षेत्री, सज्जन श्रेष्ठ, गजलकार प्रदीप रोदनको प्रस्तुति रहनेछ । कार्यक्रमको आकर्षणका रुपमा इन्डियन आइडल २०१८ का विजेता सलमान अलीको विशेष प्रस्तुति रहनेछ ।

'हामी स्रष्टाहरूका गीतलाई रेडियोमा बजाउँछौं । यसअर्थमा रेडियोको स्रोत र सम्पत्ति भनेकै गीत/संगीत हुन् । त्यसैले लोकप्रियता र मुनाफा दुवै संगीतकै माध्यमबाट प्राप्त हुने हुँदा यस क्षेत्रको प्रवर्द्धनका गर्नु हामीले आफ्नो कर्तव्य ठानेका छौं । नेपाली संगीत क्षेत्रको श्रीवृद्धिमा इँटा थप्ने काम हो यो अवार्ड,' खड्काले भने ।

प्रकाशित : असार ४, २०८० १६:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?