श्रीच्छा बनिन् मिस नेपाल

काठमाडौँ — २३ वर्षीया श्रीच्छा प्रधान यस वर्षकाे 'मिस नेपाल वर्ल्ड २०२३’ बनेकी छन् । शनिबार हिडन ट्रेजरले ललितपुरको गोदावरीस्थित नवनिर्मित सनराइज कन्भेन्सन सेन्टरमा गरेको ग्रान्ड फिनालेमा २३ प्रतिस्पर्धीलाई पछाडि पार्दै उनले याे उपाधि जितेकी हुन् ।

श्रीच्छा बनिन् मिस नेपाल

पूर्व मिस नेपाल प्रियंका रानी जोशीले प्रधानलाई क्राउन पहिररिदिएकी हुन् । प्रधानले मिस डिएचआइकाे सह-उपाधि पनि जितेकी छन् ।

‘मिस नेपाल इन्टरनेसनल’को उपाधि भने २५ वर्षीया प्रसिद्धि शाहले जितिन् । उनी पहिलाे मिस नेपाल रुवी राणाकी छाेरीसमेत हुन् । कार्यक्रममा उनले ‘मिस पपुलर चोइस’काे उपाधिसमेत जितिन् । त्यस्तै ‘मिस नेपाल अर्थ’को उपाधि भने रैना मजगैयाले जितिन् । पेशाले उनी पाइलट हुन् । मिस कन्फिडेन्टको उपाधि पनि प्रज्ञा बज्राचार्यले जितिन् ।

त्यस्तै सह-उपाधितर्फ 'वीमन वीथ विङ' उन्नती गुरुङ, मिस फाेटेजेनिक प्रितिका खड्का, 'ब्यूटी विथ पर्पज' आयुष्मा बरालले जितिन् ।

निर्णायक मण्डलमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ, कान्तिपुर टेलिभिजनका प्रधान सम्पादक दिलभुषण पाठक, अभिनेत्री आँचल शर्मा, क्रिकेटर ज्ञानेन्द्र मल्ललगायत थिए । हिडन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकारले अन्तिम प्रतिस्पर्धीहरुको नाम घोषणा गरेका थिए ।


प्रकाशित : जेष्ठ १३, २०८० १९:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?