‘नाङ्गो गाउँ’ अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौँ — फिल्म ‘नाङ्गो गाउँ’को छायांकन अझै सकिएको छैन । तर, यसको विदेशमा माग भने चर्को छ । दीपेन्द्र लामाको निर्देशन तथा हिमाल शर्माको प्रस्तुतिमा तयार भइरहेको फिल्मको अस्ट्रेलिया राइट्स बिक्री भएको छ । फिल्मको अधिकार अस्ट्रेलियाको एमएसएम इन्टरटेन्मेन्ट्सले खरिद गरेको हो । ‘नाङ्गो गाउँ’ को अझै पनि २० प्रतिशत छायांकन गर्न बाँकी नै छ ।

‘नाङ्गो गाउँ’ अस्ट्रेलिया राइट्स बिक्री

निर्देशक लामाका अनुसार, उनकै निर्देशनमा तयार भएको फिल्म ‘२ नम्बरी’ भन्दा महँगो मूल्यमा यो फिल्म अस्ट्रेलियामा बिक्री भएको हो । फिल्मको टिम, कलाकार, निर्देशकमाथि विश्वास गरेर आफूहरूले फिल्म खरिद गरेको एमएसएमका छत्र थापाले बताए ।

फिल्ममा दयाहाङ राई, मिरुना मगर, साम्राज्ञी राज्यलक्ष्मी शाह, कर्म, बुद्धि तामाङ, रीवन्द्र झा, शिशिर वाङ्देललगायत कलाकारको अभिनय छ । फिल्म भदौ २९ देखि सार्वजनिक प्रदर्शनमा आउने जनाइएको छ । अस्ट्रेलियामा पनि फिल्म सोही मितिमा नै रिलिज गर्ने योजना बनाइएको छ ।

जय श्रेष्ठको लगानी रहेको फिल्मको फस्टलुकमा निर्माण पक्षले भने कुनै पनि कलाकारको तस्बिर प्रयोग गरेको छैन । पोस्टर हेर्दा राजनीतिक पृष्ठभूमिमा फिल्म बनेको अनुमान लगाउन सकिन्छ । फिल्म ‘कबड्डी ४ र जारी’ चलेपछि दया र मिरुनाको जोडीको चर्चा पनि ह्वात्तै बढेको छ । यसैले यो फिल्मप्रति दर्शकको चासो पनि बढ्ने देखिएको छ । निर्देशक लामाले फिल्मको कथावस्तु गाउँ केन्द्रित रहेको र सामाजिक कथावस्तुलाई निकै प्रभावकारी ढंगले प्रस्तुत गरिएका उनको दाबी छ ।

प्रकाशित : वैशाख १८, २०८० ०७:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?