जसिताको फर्स्टलुक


काठमाडौँ — नेपाली कथानक चलचित्र ‘ज्याकी : आई एम ट्वान्टी वान’ ले अभिनेत्री जसिता गुरुङको फस्टलुक सार्वजनिक गरेको छ । फिल्म निर्माण पक्षले यसअघि अभिनेता धीरज मगरको डान्सर र लाहुरे लुक्स सार्वजनिक गरेको थियो ।

रेनशा राई रानाको निर्देशित फिल्ममा जसिताले डान्सरको भूमिका निर्वाह गरेकी छन् । प्रभुशमशेर जबरा र प्रज्ज्वलशमशेर जबराको निर्माणमा तयार भएको फिल्म वैशाख २१ गते रिलिज हुँदै छ ।
फिल्ममा धीरज र जसितासँगै अरुण क्षत्री, प्रेम सुब्बा, लुनिभा तुलाधर, पल्पसा डंगोल, राजु भुजु, सुजता राईलगायतका कलाकारको अभिनय छ । फिल्ममा धीरज हिपहप डान्समा करिअर बनाउन लागिपर्ने
डान्सरको भूमिकामा छन् । पारिवारिक अवरोधलाई चिर्दै हिपहप नृत्यमा सफलता हासिल गर्न गरेको संघर्षलाई फिल्मले मुख्य कथावस्तु बनाएको छ । आइकोर फिल्म्सको ब्यानरमा निमार्ण भएको फिल्ममा कालीप्रसाद बाँस्कोटा र रोहित शाक्यको संगीत, सुशन प्रजापतिको छायांकन र द वाइल्ड रिपर्ज क्रुको कोरियोग्राफी छ । रेनशाले यसअघि ‘इन्टु मिन्टु लन्डनमा’ को निर्देशन गरेकी थिइन् ।
प्रकाशित : चैत्र १, २०७९ ०८:१७