२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०९

‘छक्का पन्जा-४’ मध्यपूर्वमा पनि

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाली फिल्म ‘छक्का पन्जा–४’ फागुन १९ गते मध्यपूर्वमा पनि प्रदर्शनमा आउने भएको छ । नेपालमा सार्वजनिक प्रदर्शनमा आएसँगै फिल्मलाई मध्यपूर्वका ६ देशमा एकसाथ रिलिज गर्न चलचित्र विकास बोर्ड र वितरक रमेश ढकालबीच सम्झौता भएसँगै प्रदर्शनमा आएकै दिन छक्का पन्जा–४ मध्यपूर्वका दर्शकले पनि हेर्न पाउने भएका हुन् ।

‘छक्का पन्जा-४’ मध्यपूर्वमा पनि

चलचित्र विकास बोर्डले यूएईमा आयोजना गरेको नेपाल फिल्म फेस्टको समापनका क्रममा ढकाल र बोर्ड अध्यक्ष भुवन केसीबीच यसबारे सम्झौता भएको हो ।

रोजगारीको सिलसिलामा मध्यपूर्वमा रहेका नेपाली फिल्मप्रेमीलाई लक्षित गर्दै मध्यपूर्वका ६ देशका विभिन्न सहरका पाँच दर्जन पर्दामा ‘छक्का पन्जा–४’ एकैसाथ प्रदर्शन हुने वितरक ढकालले बताए ।

हेमराज बीसीले निर्देशन गरेको फिल्ममा दीपकराज गिरी, दीपाश्री निरौला, केदार घिमिरे, निर्मल शर्मा, बुद्धि तामाङ, स्वस्तिमा खड्का, राज आचार्य, सुष्मा निरौला, वेदना राईलगायत कलाकारको अभिनय छ । फिल्मको कथा दीपकराज गिरीले तयार पारेका हुन् । नरेन्द्र मैनालीले छायांकन गरेको फिल्मलाई निमेष श्रेष्ठले सम्पादन गरेका हुन् । दीपेन्द्र खनिया र केशव न्यौपाने निर्माता रहेको फिल्मका कार्यकारी निर्माता केदारप्रसाद घिमिरे र निर्मल शर्मा छन् ।

प्रकाशित : फाल्गुन ७, २०७९ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?