कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

मिस नेपाल इटहरी अडिसनमा २५ जना सहभागी

सुनसरी — मिस नेपाल–२०२३ को प्रादेशिक अडिसन शनिबार सुनसरीको इटहरीमा सम्पन्न भएको छ । देशव्यापी अभियानअन्तर्गत आयोजक संस्था ‘द हिडन ट्रेजर’ ले गरेको इटहरी अडिसनमा २५ जना सहभागी भएका संयोजक स्मित कार्कीले जनाए । सातै प्रदेशका प्रमुख सहरमा अडिसन गर्ने तयारीका क्रममा मिस नेपालको टोली बिहीबार इटहरी आइपुगेको थियो । 

मिस नेपाल इटहरी अडिसनमा २५ जना सहभागी

टोलीमा मिस नेपाल अर्थ सरिशा श्रेष्ठ र मिस नेपाल इन्टरनेसनल न्यान्सी खड्का, हिडेन ट्रेजरका अध्यक्ष दिवाकर राजकर्णिकार र इटहरी संयोजक कार्की सहभागी थिए । मिस नेपाल प्रियंकारानी जोशी भने इटहरी अडिसनमा उपस्थित भएकी थिइनन् । फागुन ५ मा मधेस प्रदेशको वीरगन्जमा अडिसन हुनेछ । त्यसपछि पोखरा, नेपालगन्ज, सुर्खेत, धनगढीमा र काठमाडौं अडिसन गरिने हिडन ट्रेजरका अध्यक्ष राजकर्णिकारले बताए । इटहरी अडिसनमा छुटेकाले काठमाडौं अडिसनमा समेत सहभागिता जनाउन मौका पाउने उनले जनाए ।

सातै प्रदेशको अडिसन सकिएपछि छनोट भएका प्रतिस्पर्धीहरू समेटेर जेठ १३ मा ललितपुरको गोदावरीमा मिस नेपाल–२०२३ को ग्य्रान्ड फिनाले हुनेछ । देशव्यापी पहुँच पुर्‍याउनका लागि अघिल्लो संस्करणदेखि क्षेत्रीय अडिसन सुरु गरिएको राजकर्णिकारले बताए ।

प्रकाशित : माघ २८, २०७९ २१:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?