कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'फ्यामिली म्यान'का लागि कलाकार खोज्दै ग्याकन

काठमाडौँ — निर्देशक कलानी ग्याकन नयाँ लघुफिल्म 'फ्यामिली म्यान'का लागि कलाकारको खोजीमा छन्  । फिल्मका लागि निर्माण टिम नयाँ अनुहार खोजिरहेको छ ।

'फ्यामिली म्यान'का लागि कलाकार खोज्दै ग्याकन

निर्माण टिमले हालै अभिनय नै नगरेका नन-एक्टरदेखि नयाँ कलाकारलाई आवेदनका लागि आह्वान गरेको छ । टिमले महिला, पुरुष तथा किशोरी कलाकार खोजेको हो ।

कलनी ग्याकनको निर्देशनमा बन्ने यो लघुफिल्ममा विदेशबाट घर फर्की आएका एक व्यक्तिको कथा समेटिएको छ, जो घर त फर्किन्छ तर गलत परिवारमा । विदेशमै ज्यान गुमाएका एक बाबुको परिवारमा उनी फर्किएका हुन्छन् । यो फिल्मलाई सिन्धुपाञ्चोकमा खिच्ने तयारी छ । फिल्मका लागि अष्ट्रेलियन निर्देशक ग्याकनले पाँच वर्ष तामाङ समुदायमा बिताएका छन् । यही फिल्मलाई पछि फिचर फिल्मका रुपमा विकास गर्ने पनि तयारी रहेको छ ।

ग्याकनले यसअघि विदेशिनेहरुकै मुद्दा समेट्दै लघुफिल्म सपनाको आवाज(साउन्ड अफ ड्रिमिङ) बनाएका थिए । यो फिल्म पछिल्लो समय काठमाडौं इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिभलमा प्रदर्शनमा आएको थियो । यसअघि ग्याकनले महाभूकम्पमाथि 'भूकम्प' र बसाइसराइबारे 'जर्नी टु द सेन्टर अफ दी हर्ट' बनाएका थिए ।

प्रकाशित : माघ १६, २०७९ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?