काठमाडौँ — निर्देशक कलानी ग्याकन नयाँ लघुफिल्म 'फ्यामिली म्यान'का लागि कलाकारको खोजीमा छन् । फिल्मका लागि निर्माण टिम नयाँ अनुहार खोजिरहेको छ ।
निर्माण टिमले हालै अभिनय नै नगरेका नन-एक्टरदेखि नयाँ कलाकारलाई आवेदनका लागि आह्वान गरेको छ । टिमले महिला, पुरुष तथा किशोरी कलाकार खोजेको हो ।
कलनी ग्याकनको निर्देशनमा बन्ने यो लघुफिल्ममा विदेशबाट घर फर्की आएका एक व्यक्तिको कथा समेटिएको छ, जो घर त फर्किन्छ तर गलत परिवारमा । विदेशमै ज्यान गुमाएका एक बाबुको परिवारमा उनी फर्किएका हुन्छन् । यो फिल्मलाई सिन्धुपाञ्चोकमा खिच्ने तयारी छ । फिल्मका लागि अष्ट्रेलियन निर्देशक ग्याकनले पाँच वर्ष तामाङ समुदायमा बिताएका छन् । यही फिल्मलाई पछि फिचर फिल्मका रुपमा विकास गर्ने पनि तयारी रहेको छ ।
