विवाद भएपछि मेयर बालेनले विजेता साइमनसँगै गएर बुझाए 'नेपहपको श्रीपेच'

असार २१, २०७९

कान्तिपुर संवाददाता

काठमाडौँ — हिपहप रियालिटी सो 'नेपहपको श्रीपेच'को विषयमा विवाद भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह र उपाधि विजेता भाइबर साइमनले धर्मगुरुलाई श्रीपेच बुझाएका छन् । 

प्रतियोगिताका बिजेता साइमनलाई उपाधिमा 'पञ्च बुद्ध मुख:' लाई श्रीपेचको रुपमा प्रदान गरिएको थियो । 


नेपालमा पहिलो पटक आयोजित 'नेपहपको श्रीपेच' को उपाधि भाइबर साइमनले जितेका थिए । मेयर शाहले निर्णायक मण्डलका एक सदस्य थिए ।  बज्राचार्य समन्वय परिषदले विजेतालाई दीक्षित बज्राचार्य गुरुजुहरुले मात्रै लगाउने पञ्च बुद्ध 'मुख:'लाई र्‍याप प्रतियोगतामा उपाधिका रुपमा प्रदान गरेको भन्दै आपत्ति जनाएको थियो ।


'पवित्र मुख:लाई 'नेपहप' पगरीको रुपमा प्रयोग गरेकोमा समस्त बज्रयानी बौद्धहरुको अवमूल्यन हुन गएकाले हामी यसको घोर भर्त्सना गर्दछौं,'  परिषदले मंगलबार विज्ञप्तिमा भनिएको थियो । परिषदले सो कार्यलाई पुन: नदोहोर्‍याउन आयोजकहरुसँग आग्रह पनि गरेको थियो ।


कान्तिपुर

Link copied successfully