कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्समा जाँदै सुरक्षा पन्त

काठमाडौँ — अभिनेत्री सुरक्षा पन्त ‍विश्व प्रसिद्ध फिल्म फेस्टिभल कान्समा सहभागी हुँदै छिन् । मनाङका केही भागमा छायांकन गरिएको विदेशी फिल्म 'द एइट माउन्टेन्स'मा निभाएको एक पात्रको भूमिकाले उनलाई कान्समा पुर्‍याएको हो । 

कान्समा जाँदै सुरक्षा पन्त

अवार्ड जितेको उपन्यास 'द एइट माउन्टेन्स'मा आधारित फिल्म कान्समा जेठ ४ गते प्रिमियर हुँदैछ । फेलिक्स भ्यान जोर्जियन र सार्लोट भ्यान्डरमियर्स निर्देशित फिल्मले कान्स पुर्‍याउँदा दंग छिन् सुरक्षा । कान्सको मुख्य प्रतिस्पर्धाका लागि फिल्म छनोट परेको थियो। सुरक्षाले सामाजिक सञ्जाल फेसबुकमा खुसी हुँदै उनी कान्समा सहभागी हुने कुरा सार्वजनिक गरेकी हुन् ।

'कान्स फिल्म फेस्टिभल २०२२ मा जाँदैछु । सबैभन्दा पहिला त जानको लागि जुन दौडधुप गर्नुपर्छ त्यो दौडधुपमा मसँगै दौडिने सहयोगी साथीहरुलाई माया अनि सम्मान छ। केही समयअघि एउटा अन्तर्राष्ट्रिय फिल्ममा एउटा पात्रको रुपमा काम गर्ने मौका जुरेको थियो,' उनले लेखेकी छन्, 'त्यही फिल्म द एइट माउन्टेन्सको केही अंशको छायांकन नेपालको मनाङमा गरिएको थियो। उक्त फिल्म कान्सको मुख्य प्रतिस्पर्धामा छानिएको खबर पाएसँगै निमन्त्रणा आयो अनि जाने तय गरेँ।'

कान्सको अनुभव संगाल्न उनी उत्साहित देखिन्छिन् । पन्तले थप लेखेकी छन्,'मसँग तितोमिठो अनुभव छ जुन कुनै दिन हजुरहरु माझ सुनाउँला, भोलि जाँदैछु। उताको यात्राको पनि मसंग बहुमुल्य अनुभव हुनेछन्।' 'द एइट माउन्टेन्स'का निर्देशक फेलिक्सको फिल्म 'द ब्रोकन सर्कल ब्रेकडाउन' यसअघि ८६ औं अस्करको उत्कृष्ट विदेशी भाषाको फिल्मतर्फ मनोनयनमा परेको थियो ।

प्रकाशित : जेष्ठ ३, २०७९ १२:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?