कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

'प्रेमगीत-३'को प्रदर्शन स्थगित

काठमाडौँ — फागुन १३ मा प्रदर्शनमा आउने भनिएको फिल्म 'प्रेमगीत ३'को प्रदर्शन स्थगित भएको छ । 

'प्रेमगीत-३'को प्रदर्शन स्थगित

निर्देशक एवं निर्माता सन्तोष सेनले फेसबुकमार्फत कोभिड महामारीकै कारण लक्षित समयमा फिल्म प्रदर्शन गर्न नसकिएको जानकारी गराएका हुन् । यसअघि कोभिडकै कारण फिल्मको प्रदर्शन रोकिएको थियो । फिल्मलाई बलिउडमा बेचिसकेका निर्माता सेनले अनिश्चितकालका लागि 'प्रेमगीत ३'को प्रदर्शन सारेको जनाएका छन् ।

‘हामीले नेपाललगायत मुम्बईका दिग्गज टिमहरूबाट 'प्रेमगीत ३'को पोस्ट प्रोडक्सनको काम सम्पन्न गरेका छौँ । फिल्मको प्रदर्शन मिति फागुन १३ लाई लक्षित गरेर विभिन्न प्रचार सामग्री तयार भएसँगै दर्शकमाझ पस्कने तयारीमा थियौं । यसैक्रममा भारत बजारका वितरक समूहले दिएको सल्लाह सुझावलाई मनन गर्दै फिल्म घरहरु बन्द हुने क्रम बढेको छ,’ सन्तोषले लेखेका छन्, ‘त्यसैले नेपाल, भारत र विश्वभरि अलग-अलग मितिमा प्रदर्शन नगरी एकैसाथ प्रदर्शन गर्नुपर्ने प्रस्ताव आएको हुनाले नआत्तिकन यो अप्ठ्यारो परिस्थितिलाई मध्यनजर गर्दै त्यो गहकिलो प्रस्तावलाई स्वीकार गर्दै अनिश्चित कालका लागि प्रदर्शन मिति स्थगित गरेका छौं ।’

४ करोड लागतमा बनेको फिल्मलाई सेनले भारतमा बेचेका छन् । फिल्मको अन्तिम काम हुँदै गर्दा निर्देशक छेतेन गुरुङको निधन भएको थियो । यो फिल्ममा प्रदीप खड्का, क्रिष्टपन गुरुङ, मनिष राउत, अनुभव रेग्मीलगायतको अभिनय छ ।

प्रकाशित : पुस २०, २०७८ १२:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा प्रहरीले गृहमन्त्री रवि लामिछाने संलग्न रहेको प्रतिवेदन लेखेपनि मुद्दामा उन्मुक्ति दिएको विषयमा तपाईंको राय के छ ?