कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६५

'कठपुतली: द पपेट' ले जित्यो 'विन्टर फियर अवार्ड' 

कान्तिपुर संवाददाता

काठमाडौँ — 'कठपुतली: द पपेट'ले न्यू योर्कको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा 'विन्टर फियर अवार्ड' जित्न सफल भएको छ । फिल्मले 'विन्टर फिल्म अवार्ड' अन्तर्गतको 'उत्कृष्ट हरर फिचर' विधामा अवार्ड जितेको हो ।

'कठपुतली: द पपेट' ले जित्यो 'विन्टर फियर अवार्ड' 

भिमसेन लामाको निर्देशनमा बनेको यो फिल्म 'हर्टल्यान्ड इन्टरनेसनल फिल्म फेस्टिभल'मा पनि छनोटमा परेको छ । सम्पदा मल्लको लेखनमा बनेको फिल्ममा कलाकारहरु कर्मा, उषा रजक, मिथिला शर्मा, गौरी मल्ल र शिल्पा मास्केको प्रमुख भूमिका छ ।

यो फिल्म निर्देशक लामा र मल्लको पहिलो डेब्यु फिचर फिल्म हो । यसअघि निर्देशक लामाले लघु फिल्म 'च्यान्टी' नामक निर्माण गरेका थिए । 'च्यान्टी'लाई पनि सम्पदाले नै लेखेकी थिइन् ।

'कठपुतली : द पपेट' मा भने सम्पदाको कथा, पटकथा र संवाद छ । उनी फिल्मकी कार्यकारी निर्माता समेत हुन् । अन्तर्राष्ट्रिय अवार्ड जितेसँगै निर्माण टिम उत्साहित छन् । यो फिल्मको नेपाल प्रदर्शन भने पक्का भइसकेको छैन ।

प्रकाशित : आश्विन २०, २०७८ १४:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?