कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९०

म्युजिक भिडियो निर्देशक समाज गठन 

काठमाडौँ — म्युजिक भिडियो निर्देशकहरुको छाता संगठन 'नेपाल म्युजिक भिडियो निर्देशक समाज' गठन गरिएको छ । म्युजिक भिडियोको क्षेत्रलाई व्यावसायिक, मर्यादित र व्यवस्थित बनाउन संस्था स्थापना गरिएको बताइएको छ । 

म्युजिक भिडियो निर्देशक समाज गठन 

विधान कार्कीको अध्यक्षतामा गठित संस्थाले म्युजिक भिडियोका निर्देशकहरुको हक-हितका लागि कार्य गर्नेछ । 'पछिल्लो समय बर्सेनि म्युजिक भिडियोमा अर्बौंको लगानी भइरहेको छ । महामारीको समयमा त चलचित्र क्षेत्रलाईसमेत म्युजिक भिडियोले बचाइरहेको अवस्था छ । यसैले गर्दा म्युजिक भिडियोलाई थप व्यवस्थित गर्न र निर्देशकहरुको अधिकारका लागि लड्न समाज गठन गरेका हौं,' अध्यक्ष कार्कीले भने ।

संस्थामा अध्यक्ष विधान कार्की, प्रथम उपाध्यक्ष देवेन्द्र पाण्डे, द्वितिय उपाध्यक्ष निकेश खड्का, महासचिव सुव्रतराज आचार्य, सचिव हेमप्रभास अधिकारी, कोषाध्यक्ष दयाराम घिमिरे, सह-कोषाध्यक्ष निशान घिमिरे तथा सदस्यहरु शान थापा, समन अधिकारी, गम्भीर विष्ट, अनुप चापागाईं, प्रकाश धिताल, बबिता श्रेष्ठ, बिजेश पौडेल र राजेश पुमा राई रहेका छन् ।

कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्र प्राविधिक संघका अध्यक्ष पुष्कर लामा, चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, महासचिव जनकदीप पराजुली, चलचित्र नृत्यकार संघका कार्यकारी अध्यक्ष जनक कार्कीलगायतको उपस्थिति थियो ।


प्रकाशित : भाद्र ४, २०७८ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?