काठमाडौँ — नेपाल चलचित्र प्राविधिक संघले आयोजना गरेको १० औं नेफ्टा अवार्डमा 'छक्का पञ्जा ३' उत्कृष्ट फिल्म बन्न सफल भएको छ । 'हरि'बाट विपिन कार्कीले उत्कृष्ट अभिनेताको अवार्ड पाउँदा 'साइँली' बाट मेनुका प्रधानले उत्कृष्ट अभिनेत्रीको अवार्ड उचालिन् ।
उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा 'हरि'ले जुरी अवार्ड पायो । त्यस्तै तामाङ फिल्म 'प्राङ्ना'ले आदिवासी/जनजाति फिल्मतर्फ अवार्ड उचाल्यो । वर्ष २०७५ मा प्रदर्शनमा आएका फिल्महरुलाई समावेश गर्दै नेफ्टाले अवार्ड वितरण गरेको थियो ।
अवार्ड कार्यक्रममा 'छक्का पञ्जा–३' र 'प्रसाद'को वर्चश्व रह्यो । उत्कष्ट फिल्मसँगै 'छक्का पञ्जा–३'ले 'कथा', 'पटकथा', 'निर्देशक', 'हास्य अभिनेता' र 'सबैभन्दा बढी व्यापार गर्ने फिल्म' विधाको अवार्ड पायो । त्यस्तै 'प्रसाद'ले उत्कृष्ट अभिनेता सँगै 'गीतकार', 'संगीत एरेन्जर','गायक', 'संगीत निर्देशक' र 'संवाद'को विधामा अवार्ड प्राप्त गर्यो ।
त्यस्तै, प्रकाश व्यवस्थापक नारायण तिमल्सिना र साउन्ड इन्जिनियर प्रदीप उपाध्यायलाई नगद ५१ हजार १११ रुपैयाँसहित दीर्घ साधना सम्मान दिइयो । कार्यक्रममा पूर्व मिस नेपाल/सञ्चारकर्मी माल्भिका सुब्बा, कलाकारहरु सन्दीप क्षेत्री, सलोन बस्नेत, सोभित बस्नेत, छुल्ठिम गुरुङ लगायतले नृत्य प्रस्तुत गरे । अभिनेत्री गौरी मल्ल, सञ्चारकर्मी ध्रुव लम्साल, निर्देशक सविर श्रेष्ठ अवार्डका जुरी थिए ।
अवार्ड सूची :
उत्कृष्ट मेकअप : शमशेर लामा, 'रोमियो एन्ड मुना'
उत्कृष्ट कस्ट्युम डिजाइनर : युबि थापा, 'इन्टुमिन्टु लन्डनमा'
उत्कृष्ट कला निर्देशक : पासाङ शेर्पा, 'रोमियो एन्ड मुना'
उत्कृष्ट पार्श्व संगीत : एलिस कार्की, 'डमरुको डन्डिबियो'
उत्कृष्ट ध्वनी मिश्रण : मुकेश शाह, 'डमरुको डन्डिबियो'
गीतकार : गणेश शाही, लै लै, 'प्रसाद'
उत्कृष्ट संगीत एरेन्जर : उदयराज पौडेल, लै लै, 'प्रसाद'
उत्कृष्ट गायक : केतन क्षेत्री, लै लै, 'प्रसाद'
उत्कृष्ट गायिका : समीक्षा अधिकारी,'नाइँ नभन्नू ल ३'
उत्कृष्ट संगीत निर्देशक : सुवास भुषाल, लै लै, 'प्रसाद'
उत्कृष्ट कथा : 'छक्का पञ्जा ३', दीपकराज गिरी
उत्कृष्ट पटकथा : 'छक्का पञ्जा ३', दीपकराज गिरी
उत्कृष्ट संवाद : सुशील पौडेल, 'प्रसाद'
उत्कृष्ट ट्रेलर : साहिल खान, 'ए मेरो हजुर ३'
उत्कृष्ट भिएफएक्स : आईड्रिम एनिमेसन, 'रोमियो एन्ड मुना'
उत्कृष्ट रङ संयोजन : अर्जुन कार्की, 'हरि'
उत्कृष्ट आदिवासी /जनजाति फिल्म : 'प्राङ्ना'
उत्कृष्ट सह-अभिनेत्री : सुरक्षा पन्त, 'गोपी'
उत्कृष्ट सह–अभिनेता : अनुप बराल, 'डमरुको डन्डिबियो'
उत्कृष्ट नेगेटिभ रोल, अभिनेता : प्रमोद अग्रहरी, 'कथा काठमाण्डौं'
उत्कृष्ट हास्य अभिनेता : केदार घिमिरे, 'छक्का पञ्जा ३'
उत्कृष्ट द्वन्द्व निर्देशक : चन्द्र पन्त, 'रणवीर'
उत्कृष्ट नृत्य निर्देशक : कविराज गहतराज, 'ए मेरो हजुर ३'
उत्कृष्ट डेब्यु अभिनेत्री : सुहाना थापा, 'ए मेरो हजुर ३'
उत्कृष्ट डेब्यु अभिनेता : धीरज मगर,'इन्टु मिन्टु लन्डनमा'
उत्कृष्ट डेब्यु निर्देशक : संगीता श्रेष्ठ, 'कथा काठमाण्डौं'
उत्कृष्ट सम्पादक : मित्र गुरुङ, 'कथा काठमाण्डौं'
उत्कृष्ट छायांकार : चिन्तनराज भण्डारी, 'हरी'
पपुलर अभिनेत्री : साम्राज्ञी राज्यलक्ष्मी शाह
पपुलर अभिनेता : अनमोल केसी
पपुलर फिल्म : 'छक्का पञ्जा ३'
जुरी अवार्ड : 'हरि'
उत्कृष्ट अभिनेता : विपिन कार्की, 'प्रसाद'
उत्कृष्ट अभिनेत्री : मेनुका प्रधान, 'साइँली'
उत्कृष्ट निर्देशक : दिपाश्री निरौला, 'छक्का पञ्जा ३'
उत्कृष्ट फिल्म: 'छक्का पञ्जा ३'
सबैभन्दा बढी व्यापार गर्ने फिल्म : 'छक्का पञ्जा ३'
