कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

'रुही'को उत्साहजनक सुरुआत 

कान्तिपुर संवाददाता

काठमाडौँ — बिहीबारदेखि प्रदर्शनमा आएको हिन्दी फिल्म  'रुही'ले  बक्स अफिसमा उत्साहजनक कलेक्सन गरेको छ । राजकुमार राओ  र जान्वी कपुर अभिनित फिल्मले ओपनिङ कलेक्सनमा ३ करोड ६० लाख बटुलेको हो ।

'रुही'को उत्साहजनक सुरुआत 

लकडाउनपछि प्रदर्शनमा आएका हिन्दी फिल्ममध्ये 'रुही' ले उत्साहजनक व्यापार गरेको छ ।

हार्दिक मेहेत निर्देशित फिल्मलाई महाशिवरात्रिको बिदाले पनि फाइदा पुगेको हो । बलिउड व्यापार विश्लेषक तरण आदर्शले 'रुही'को पहिलो दिनको कमाइ आश्चर्य पार्ने किसिमको रहेको बताएका छन् । त्यस्तै प्रदर्शक अक्षय राठी पोस्ट-कोभिडको समयमा फिल्मले यस किसिमको व्यापार गर्नु नै राम्रो सुरुआत भएको विश्लेषण गर्छन् । '३ करोडबाट फिल्मको व्यापार सुरु हुन सामान्य समयमा ९ करोड हुनुभन्दा एकदमै राम्रो हो । अहिलेको अवस्थामा दर्शकको उपस्थिति पनि उत्साहजनक नै छ । सिनेमा घरहरु पुन: खुलेपछि बाक्लो दर्शक तान्ने यो नै पहिलो फिल्म हुनुपर्दछ,' राठीले द हिन्दुस्तान टाइम्ससँग भनेका छन् ।

'रुही'को ओपनिङ व्यापारलाई कोभिडपछि प्रदर्शनमा आएको फिल्मको उत्कृष्ट व्यापार रहेको बलिउड हंगामामा उल्लेख गरिएको छ । 'रुही' सन् २०१९ मा प्रदर्शनमा आएको फिल्म 'स्त्री'कै 'फलोअप' हो । त्यसमा राजकुमार र अभिनेत्री ऋद्धा कपुरको अभिनय थियो । यो फिल्म गत जुनमा प्रदर्शनमा आउने तयारीमा थियो । तर कोरोना महामारीका कारण फिल्मको प्रदर्शन धकेलियो । फेब्रुअरीमा भारतमा हल खुले । हल खुलेसँगै फिल्म निर्माण टिमले 'रुही'लाई हल प्रदर्शन गर्ने तय गरेको थियो ।

प्रकाशित : फाल्गुन २८, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

चार दर्जनबढी पालिकाले असार १० भित्रै बजेट ल्याउन नसक्नुको मुख्य कारण के होला ?