काठमाडौँ — अभिनेत्री श्वेता खड्काले विजयेन्द्रसिंह रावतसँग बिहे गरेकी छिन् । परिवार र नजिकका आफन्तबीच उनले साेमबार काठमाडौंमा बिहे गरेकी हुन् ।
अभिनेता श्रीकृष्ण श्रेष्ठकाे निधन भएकाे ६ वर्षपछि उनी बिहे गर्ने निर्णयमा पुगेकी हुन् । श्वेतासँग बिहे भएकाे २ दिनमै श्रीकृष्ण बिरामी भए । उपचारकै क्रममा २०७१ साउन २५ गते उनकाे निधन भएकाे थियाेे ।
काेभिडका कारण सिमित मानिसहरुकाे उपस्थिति बीच आफूले नविन यात्रा थाल्ने भन्दै उनले बिहेकाे एक दिनअघि फेसबुक स्टाटसमा उल्लेख गरेकी थिइन् । आइतबार उनले मेहेन्दीका तस्बिरहरू सार्वजनिक गरेकी थिइन्।
