कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कान्तिपुर टेलिभिजन र कमेडी च्याम्पियनबीच सहकार्य 

काठमाडौँ — कान्तिपुर टेलिभजनले 'कमेडी च्याम्पियन'को टिमसँग सहकार्य गर्ने भएको छ । सोमबार रियालिटी सोका निर्देशक विशाल भण्डारी तथा निर्मात्राद्वय केकी अधिकारी र रीमा विश्वकर्मा र कान्तिपुर टेलिभिजनका स्टेसन म्यानेजर दिनेश डिसीले ५ वर्षका लागि कार्यक्रम निर्माण र प्रसारणको सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । 

कान्तिपुर टेलिभिजन र कमेडी च्याम्पियनबीच सहकार्य 

थ्री प्रोडक्सन र कान्तिपुरको यो सहकार्य 'कमेडी च्याम्पियन'को छैटौं सिजनसम्मको लागि रहेको दिनेशले बताए । यसअघि 'कमेडी च्याम्पियन'ले कान्तिपुरको समय किनेर कार्यक्रम प्रसारण गर्दै आएको थियो । अब यसको निर्माण पनि कान्तिपुर टिभीकै सहकार्यमा निर्माण हुनेछ ।

'सिजन वान हामीले धेरै आरोह-अवरोहबीच सक्कायौं । त्यतिबेला आउट सोर्सिङ कार्यक्रम थियो भने अब त हामीले हात मिलाएका छौं । दुई कम्पनी मिलेर अझै बृहत कार्यक्रम बनाउने तयारी छ,' सोका निर्देशक भण्डारीले भने ।

कोभिडको प्रभाव हेरेर सकेसम्म चाँडो कार्यक्रम प्रसारण गरिने डिसीले बताए । कोभिडले दर्शकमा परेको मानसिक तनावलाई कार्यक्रमले केही हदसम्म कम गर्ने निर्माताहरु केकी र रीमाले विश्वास लिएको बताए । 'हाँसो दिनु त हाम्रो प्रमुख उदेश्य नै भयो । कोभिडले निम्त्याएको मानसिक तनाव र चिन्तालाई हटाउन कार्यक्रमले भूमिका त अवश्य खेल्नेछ,' केकीले भनिन् ।

प्रकाशित : असार २३, २०७७ २०:१९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

आगलागीका घटनाका कारण बासविहीन भएकाहरूका लागि कसले के गर्नुपर्छ ?