३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बलिउडमा कोरोना प्रभाव : ज्यालादारी कामदारका लागि राहत कोष खडा

एजेन्सी

मुम्बई — कोरोना भाइरस (कोभिड-१९) का कारण पछिल्लो समय भारतमा फिल्म तथा टेलिभिजनको सुटिङ रोकिएको छ । फिल्म उद्योगसँग सम्बन्धित संघ/संस्थाले मार्च १९ देखि ३१ सम्मलाई फिल्म तथा टिभी कार्यक्रमको सुटिङ रोक्ने निर्णय गरेसँगै फिल्महरुको सुटिङ रोकिन थालेका हुन् । कोभिड-१९ बाट सतर्कता अपनाउन अभिनेता शाहिद कपुरको फिल्म 'जर्सी'को सुटिङ पनि रोकिएको छ ।

बलिउडमा कोरोना प्रभाव : ज्यालादारी कामदारका लागि राहत कोष खडा

अभिनेत्री आलिया भट्टको प्रमुख भूमिका रहेको फिल्म 'गंगुबाई काठियावाडी'को सुटिङ पनि कोरोनाकै कारण स्थगित गरिएको छ । सञ्जयलीला भञ्सालीको निर्देशनमा बन्ने फिल्म बलिउड दर्शकमा प्रतिक्षित थियो । यसअघि निर्माण टिमले सार्वजनिक गरेको पोस्टरले दर्शकमा फिल्मलाई झनै प्रतिक्षित बनाएको थियो । यससँगै प्रदर्शनको तयारीमा रहेको बलिउड फिल्महरुको प्रदर्शन मिति स्थगितसमेत भयो । अक्षय कुमार अभिनित फिल्म 'सूर्यवंशी'को प्रदर्शन अनिश्चित कालका लागि रोकिएको छ ।

यसरी फिल्म र टेलिभिजनको सुटिङ धमाधम रोकिएपछि यसको प्रत्यक्ष प्रभाव यससँग सम्बन्धित दैनिक ज्यालादारी कामदारलाई परेको छ । तर, भारतीय चलचित्र निर्माताहरुको संघ(प्रोड्युसर्स गिल्ड अफ इन्डिया)ले दैनिक ज्यालादारी काम गर्ने कामदारका लागि राहत कोष खडा गरेको छ ।

'कोभिड-१९ ले गर्दा प्रडक्सनको सबै काम रोकिँदा यसले दैनिक ज्यालादारी कामदारलाई असरको जीवनमा असर परेको छ । तर, प्रोड्युसर्स एसोसियसन संघले उहाँहरुको सहयोगका लागि राहत कोष खडा गरेको हो। त्यसैले यस उद्योगका सबैलाई राहत दिएर यस क्षेत्रको महत्वपूर्ण साथीहरुको जीवनमा आएको समस्यामा साथ दिन अनुरोध गर्दछौं,' संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : चैत्र ५, २०७६ १४:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?