३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

कोरोना प्रभाव : भारतमा रोकियो फिल्म तथा टिभी कार्यक्रमको सुटिङ 

एजेन्सी

कोरोना भाइरस (कोभिड-१९) ले अर्थतन्त्रमा मात्र होइन हलिउडदेखि बलिउड फिल्म उद्योगमा प्रत्यक्ष असर पारेको छ ।कोरोना संक्रमणसँगै त्रास बढ्न थालेपछि भारतमा फिल्म तथा टिभीको सुटिङ स्थगित गरिएको हो । भारतमा मार्च १९ देखि ३१ सम्मलाई फिल्म तथा टिभी कार्यक्रमको सुटिङ रोकिने भएको हो। फिल्म र टिभीसँग सम्बन्धित संघ/संस्थाले हालै यो निर्णय लिएका हुन् । बलिउड उद्योगले यस्तो निर्णय लिनासाथ निर्माताहरुले देश तथा विदेशमा सुटिङ गर्न पुगेका टिमलाई मार्च १९ सम्म फिल्मको सुटिङ रोक्न आदेश दिएका छन् । 

कोरोना प्रभाव : भारतमा रोकियो फिल्म तथा टिभी कार्यक्रमको सुटिङ 

'देश, समाज अनि फिल्मकर्मीको हितका लागि फिल्म उद्योगसँग आबद्ध सबै संघ/संस्थाले फिल्म र टिभीको सुटिङ रोक्ने निर्णय लिएको छ। मार्च १९-३१ सम्म सबै सुटिङ रोक्नुपर्नेछ,' भारतीय फिल्म तथा टेलिभिजन निर्माता आयोगका उपाध्यक्ष जेडी मेजेथियाले बताए ।

त्यस्तै काउन्सिलको अध्यक्ष अशोक पण्डितले यो निर्णयमा सबैको सहमति रहेको बताएका छन् । 'निर्माताहरुलाई देश तथा विदेशमा पुगेका टिमलाई सुटिङ स्थगित गर्न हामीले ३ दिनको म्याद दिएका छौं,' पण्डितले भनेका छन्, 'भारतीय फिल्म उद्योग कोभिड-१९ सँग एकदम गम्भीर छ । सुटिङ रोकिसकेपछि सेटमा स्यानिटाइजरको प्रयोग गरौं ।'

स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म १०० जना भन्दा बढी संक्रमित छन् ।

प्रकाशित : चैत्र ३, २०७६ १८:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?