कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कोरोनाका कारण 'जर्सी' को सुटिङ रोकियो 

काठमाडौँ — बलिउड फिल्म 'जर्सी'को सुटिङ रोकिएको छ । फिल्मका मुख्य अभिनेता शाहिद कपुरले कोरोनाबाट सतर्कता अपनाउन टिमले सुटिङ रोक्ने निर्णय गरेको सामाजिक सञ्जाल ट्वीटरबाट जानकारी दिएका छन् । 

कोरोनाका कारण 'जर्सी' को सुटिङ रोकियो 

'यो समय भाइरस फैलनबाट रोक्ने हाम्रो सामाजिक दायीत्व हो । त्यसैले 'जर्सी'को टिमले फिल्मको सुटिङ अहिलेलाई रोक्ने निर्णय लिएको छ । ता कि टिमका सबै सदस्यले यो समयमा आफ्नो समय परिवारलाई दिओस् । उत्तरदायी हुनुहोस्,' शाहिदले ट्वीटरमा लेखेका छन् ।

फिल्मको सुटिङ पञ्जाबको चण्डिगढमा भइरहेको थियो । गौतम तिनानुरीको निर्देशनमा बन्ने यो फिल्म यही नामको तेलेगु फिल्मको रिमेक हो । फिल्ममा प्रतिभाशाली क्रिकेटर अर्जुनको कथामाथि आधारित छ । अर्जुनले ३० नाघेपछि आफ्नो छोराको ईच्छा पूरा गर्न क्रिकेटमा कमब्याक गर्छ ।

प्रकाशित : चैत्र २, २०७६ १३:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?