कोरोना प्रकोप : फिल्मको छायांकन रोक्न नेपाल चलचित्र निर्माता संघको आह्वान

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल चलचित्र निर्माता संघले विश्वलाई आतंकित बनाइरहेको कोरोना भाइरस (कोभिड-१९) मा सतर्कता अपनाउन भन्दै फिल्मको छायांकन स्थगित गर्न आह्वान गरेको छ । सरकारले जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन अनुरोध गरेसँगै फिल्मकर्मीलाई छायांकन भइरहेको फिल्मको काम स्थगित गर्न विज्ञप्ति मार्फत संघले आग्रह गरेको हो । 

'नेपाल सरकारबाट कोरोना भाइरस (कोभिड-१९)को संक्रमणबाट बच्नका लागि पारिवारिक जमघट, मेला महोत्सव, जात्रा पर्वजस्ता कार्यक्रममा सरिक नहुन र स्थगन गर्न अनुरोध भएको हुँदा हामी चलचित्रकर्मीहरु देश र जनताप्रति उत्तरदायी, समाजको संवाहकको रुपमा विम्बित हुने हुँदा यसको सम्भावित असरलाई दृष्टिगत गर्दै यसबाट हुनसक्ने जोखिम न्यूनिकरणका लागि आफ्नो तह र तप्काबाट आममानिसमा सचेतना जागृत गराउनका साथै छायांकन भइरहेको चलचित्रहरुको हकमा सम्भव भएसम्म राज्यबाट अर्को सूचना जारी नहुन्जेलसम्मका लागि आ–आफ्ना चलचित्रहरुको छायांकन कार्य स्थगन गर्नुहुन सबैमा अनुरोध गर्दछौं,' संघले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

झरना थापाले निर्देशन गर्ने फिल्म 'ए मेरो हजुर ४' सँगै नारायण रायमाझीको निर्देशनमा यतिखेर ‘परदेशी-२’को छायांकन भइरहेको छ । प्रदर्शनको तयारी गरिरहेको फिल्म 'प्रेमपूजा', '२ नम्बरी' लागयतका अन्य फिल्मको छायांकन मिति पछाडि धकेलिएको छ । त्यससँगै कोरोनाको त्रासले प्रदर्शनको तयारीमा रहेका फिल्म समेत प्रभावित हुने भएका छन् ।


प्रकाशित : फाल्गुन २२, २०७६ १६:५३
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य, आजदेखि तरल र नरम ठोस पदार्थ खान दिइयोः चिकित्सक

स्वरूप आचार्य

काठमाडौँ — त्रिवि शिक्षण अस्पतालमा दोस्रोपटक मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ । बिहीबार दिउँसो ४ बजे अस्पतालले प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाको जानकारी दिनका लागि आयोजित पत्रकार सम्मेलनमा उनको अवस्था सामान्य रहेको जानकारी दिइएको हो । 

बुधबार मिर्गौला प्रत्यारोपण गराएका प्रधानमन्त्री ओलीलाई तरल र नरम ठोस पदार्थ पनि खान दिइएको अस्पतालका निर्देशक डा. प्रेमकृष्ण खड्‌गाले बताए । डा. खड्गाले प्रधानमन्त्रीको स्वास्थ्य परीक्षणका सम्पूर्ण रिपोर्टहरु सामान्य रहेको बताए । यस्तै प्रत्यारोपित मिर्गौलाले काम गरिरहेको पनि उनले जानकारी दिए ।

प्रधानमन्त्री ओलीको साढे चार घण्टा लामो शल्यक्रियामा प्रा.डा. उत्तमकुमार शर्मा, प्रा.डा. प्रेम ज्ञवाली, डा. पवनराज चालिसे, डा. सुमन चापागाईं, डा. सुजित पौडेल सहभागी थिए। भारतका मिर्गौला प्रत्यारोपण शल्यचिकित्सक प्रा.डा. अनन्त कुमार पनि टोलीमा सामेल थिए। मिर्गौला प्रत्यारोपणका लागि प्रधानमन्‍त्री ओली सोमबार नै अस्पताल भर्ना भएका थिए। ओलीलाई भान्जीले मिर्गौला दान गरेकी हुन् ।

पछिल्लो पटक मिर्गौलाको समस्या आएयता करिब आठ महिनादेखि प्रधानमन्त्री ओली विभिन्न परीक्षणसँगै उपचार प्रक्रियामा थिए । करिब तीन महिनाअघि उनको प्रत्यारोपण गर्ने तयारी भइरहँदा एक्कासि एपेन्डिसाइटिसको संक्रमण देखिएपछि प्रक्रिया स्थगित गरिएको थियो । त्यसताका एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो ।

यो पनि पढ्नुहोस्ः

प्रकाशित : फाल्गुन २२, २०७६ १६:३५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×