२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६२

‘नीरफूल’को फस्टलुक पोस्टर 

काठमाडौँ — भूकम्पमा बिछोडिएको परिवारको प्रेमकथामा आधारित फिल्म ‘नीरफूल’को फस्टलुक पोस्टर सार्वजनिक भएको छ । संचारकर्मी फूलमान वलले निर्देशन गरेको फिल्मका चारवटा पोस्टर सार्वजनिक भएको हो । 

‘नीरफूल’को फस्टलुक पोस्टर 

पोस्टरमा अभिनेता दयाहाङ राई, शान्ति वाइबालगायत कलाकार 'फिचर्ड' छन् । अभिनेत्री रेखा थापाको विशेष भूमिका रहने बताइए पनि उनी पोस्टरमा अटाएकी छैनन् ।


आगामी फागुन ३० गते प्रदर्शनमा आउने फिल्ममा दयाहाङ, रेखा, शान्तिसँगै बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योकी घिसिङ, राजन खतिवडालगायतको अभिनय छ ।


निर्देशक वल फिल्ममार्फत धादिङ रुबी भ्यालीको एउटा परिवारमा भूकम्पको बेलाको मानवीय संघर्ष र आममनोविज्ञान पस्किन खोजेको बताउँछन् ।


फिल्मको पटकथा निर्देशक वल र सचिन घिमिरेले लेखेका हुन् । फ्रेन्ड्स अफ नेपाल–म्यान्मार फ्रेन्डसिप काउन्सिलसितको सहकार्यमा सेलो प्रोडक्शनले निर्माण गरेको फिल्मको कार्यकारी निर्माता भने दुबईकी डोमा सोनाम हुन् ।

प्रकाशित : माघ १९, २०७६ १८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?