२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०२

‘सुपर मंक’ र ‘मरिसकेको मान्छे’ उत्कृष्ट

इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल

बाँके — इन्डिपेन्डेन्ट फिल्म फेस्टिभल (निफ) मा फिल्म ‘सुपर मंक’ र डकुमेन्ट्री फिल्म ‘मरिसकेको मान्छे’ उत्कृष्ट भएका छन्।

‘सुपर मंक’ र ‘मरिसकेको मान्छे’ उत्कृष्ट

अन्तराल बाँकेले नेपालगन्जमा गरेको दुईदिने फेस्टिभलमा २१ फिल्म एवं डकुमेन्ट्री प्रदर्शन गरिए। शनिबार फेस्टिभलको अन्तिम दिन उत्कृष्ट फिल्मलाई पुरस्कार प्रदान गरियो। ‘सुपर मंक’ का निर्देशक सेनाङ ग्याम्जो तामाङले अवार्डसँगै १० हजार रुपैयाँ र ‘मरिसकेको मान्छे’ डकुमेन्ट्रीका निर्देशकद्वय विद्या चापागाईं र कमल कुमारले संयुक्त रूपमा १० हजार रुपैयाँ पाए।


‘सुपर मंक’ मा द्वन्द्व र करुणाको कथा समेटिएको छ। सशस्त्र द्वन्द्वको बेला एउटा भिक्षुले करुणा राखेकै कारण कसरी ज्यान बच्छ भन्ने सन्दर्भ समेटिएको फिल्ममा दुई बालकबीचको मार्मिक र साहसिक मित्रताको चित्रण समेत गरिएको छ।


डकुमेन्ट्री फिल्म ‘मरिसकेको मान्छे’ मा वैदेशिक रोजगारको दु:खदायी कथाव्यथा समेटिएको छ। काम खोज्दै विदेसिएका पश्चिम नेपालका एक युवाको त्यतमै निधन हुन्छरु। उनको शव पूर्वको एउटा गाउँमा पुग्छ, त्यहीँ अन्तिम संस्कार गरिन्छ।


तर पछि मरिसकेको भनेर मृत्यु संस्कार गरिसकेका मानिस गाउँमा फर्कन्छन्। उनको पुन: न्वारान लगायतका अन्य संस्कार गरिन्छ।


असिन पौडेलको ‘द ग्रेट मुखिया’ डकुमेन्ट्रीले जुरी मेन्सन अवार्डसहित ५ हजार रुपैयाँ पायोरु। विगतमा गाउँका मुखियाहरूले जंगलमा गएर सिकार खेल्ने चलन र यसबाट उनीहरूले लिने आनन्द फिल्ममा देखाइएको छ।


फेस्टिभल समापन समारोहमा नेपालगन्जका कार्यवाहक नगर प्रमुख वीरेन्द्रबहादुर शाह, राष्ट्रिय खेलकुद परिषद्का सदस्य विनोद मैनाली, चेम्बर अफ कमर्सका सचिव सञ्जय थापाले विजेतालाई अवार्ड प्रदान गरेका थिए। जुरीमा सचिन घिमिरे, लव प्याकुरेल र मुकेश चौधरी थिएरु। फेस्टिभल निर्देशक प्रदीप पोखरेलले फिल्मप्रति दर्शकको जिज्ञासा र प्रतिक्रियाले फेस्टिभललाई झनै प्रभावकारी बनाएको दाबी गरे।


फेस्टिभलमा अस्मिता श्रीषको ‘ग्याल्मो हाउस’, श्याम कार्कीको ‘उ: आयो आयो’, राजेन्द्र महर्जनको ‘अडिसन’, ‘अगेन्स अफ अल’, मनीष निरौलाको ‘अबाउट अ गर्ल’, सुनील पाण्डेको ‘अनन्त यात्रा’, महेश्वर सम्बाहाम्फेको ‘नाम्लो’, भवसागर घिमिरेको ‘तिर्खा’, प्रवेश सुवेदीको ‘सेक्रेट्स अफ धौलागिरि’, परिच्छेद सेनको ‘आमा’, विजय ताम्राकारको ‘मी भर्सेस माइन्’, आस्मा पोखरेलको ‘चार घण्टा’, मिलन चाम्सको ‘ब्लाइन्ड रक्स’ जस्ता फिल्म तथा डकुमेन्ट्र्री देखाइएका थिए।

प्रकाशित : पुस २३, २०७५ १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?