२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७५

दसैंमा ‘पिरम नलाउने...’

कान्तिपुर संवाददाता

काठमाडौँ — दसैंलाई लक्षित गर्दै आशिष सचिन र मेलिना राईको स्वर रहेको गीत ‘पिरिम नलाउने...’ गीत सार्वजनिक गरिएको छ । दीपक शर्माको शब्द र संगीत रहेको गीतमा चाडपर्व सम्झेर घर फिर्ने प्रेमीको सन्दर्भ र विदेश नगई मुलुकभित्रै केही गर्ने भाव समेटिएको छ ।

दसैंमा ‘पिरम नलाउने...’

‘आरोही’ एल्वममा समावेश गीतको म्युजिक भिडियो समेत सार्वजनिक गरियो । सुब्रत आचार्यले निर्देशन गरेको भिडियो दसैंको माहोल झल्किने गरि छायांकन गरिएको छ । भिडियोमा गायक आशिष सचिनसँगै अभिनेत्री बर्षा राउत देखिएकी छिन ।

पछिल्लो समय गीत ‘मनमगन...’ मार्फत चर्चामा आएका सुव्रतलाई कन्सेप्ट क्रिएटरको रुपमा जया शर्माले साथ दिएकी छिन भने उत्सव दाहालको छायांकन रहेको छ, नविन निरौलाले कलर र सम्पादन गरेका हुन् । गम्भीर विष्टको कोरियोग्राफी रहेको गीतमा प्रेमिकाको गुनासो र प्रेमीको परिस्थिति चित्रण गरिएको छ ।


भिडियो

प्रकाशित : आश्विन २७, २०७५ २२:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सहकारीको बचत अपचलनमा जोडिएका गृहमन्त्री रवि लामिछानेले प्रतिनिधिसभामा दिएको स्पष्टीकरणबारे तपाईंको के टिप्पणी छ ?