कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

‘लखपति माग्ने’ घोषणा, ‘जुभिनाइल’ को गीत

काठमाडौं — प्रथम महिला सिनेमाटोग्राफर हुन् शबनम मुखिया ।
डकुमेन्ट्री हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी मुखिया यति बेला भने धमाधम निर्देशनतिर लागेकी छन् ।
राजधानीमा मंगलबार उनले निर्देशन रहने ‘लखपति माग्ने’ फिल्म घोषणा गरियो भने उनकै निर्देशन रहेको सर्ट फिल्म ‘जुभिनाइल’ फिल्मको गीत सार्वजनिक गरियो । मुलुककै पहिलो नायिका भुवन चन्दले ‘लखपति माग्ने’ को नाम लोकार्पण गरेकी हुन् । भदौ पहिलो सातादेखि फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’ रोमान्टिक कमेडी हुने निर्देशकले शबनमले बताइन् ।

‘लखपति माग्ने’ घोषणा, ‘जुभिनाइल’ को गीत

प्रथम महिला सिनेमाटोग्राफर हुन् शबनम मुखिया ।
डकुमेन्ट्री हुँदै फिल्म क्षेत्रमा प्रवेश गरेकी मुखिया यति बेला भने धमाधम निर्देशनतिर लागेकी छन् ।
राजधानीमा मंगलबार उनले निर्देशन रहने ‘लखपति माग्ने’ फिल्म घोषणा गरियो भने उनकै निर्देशन रहेको सर्ट फिल्म ‘जुभिनाइल’ फिल्मको गीत सार्वजनिक गरियो । मुलुककै पहिलो नायिका भुवन चन्दले ‘लखपति माग्ने’ को नाम लोकार्पण गरेकी हुन् । भदौ पहिलो सातादेखि फ्लोरमा जाने बताइएको ‘लखपति माग्ने’ रोमान्टिक कमेडी हुने निर्देशकले शबनमले बताइन् ।

कलाकार भने अहिलेसम्म कमलमणि नेपाल र निरु खड्का मात्रै छानिएका छन् । ‘छनोट चलिरहेको छ,’ मुखियाले भनिन् । फिल्ममा सन्तोष श्रेष्ठको संगीत एवं शान्तिप्रियको गीत रहने बताइको छ । निर्माता भने नरेन्द्र महर्जन र प्रकाशचन्द्र महर्जन रहेका छन् । वरिष्ठ फिल्मकर्मी लक्ष्मीनाथ शर्माले निर्देशक मुखियाको कामको प्रशंसा गरे । ‘उनको काममा जुझारुपन देखिन्छ,’ उनले भने । अर्का फिल्मकर्मी मोहन निरौला र पत्रकार शान्तिप्रियले पनि मुखियाको तारिफ गरे । फिल्म हेटौंडा मुभी मेकर्स टिम र ड्रिम वल्र्ड अफ फिल्म मेकर्सको ब्यानरमा निर्माण हुन लागेको हो ।

फिल्म ‘जुभिनाइल’ को भने दुई गीत पनि सार्वजनिक गरिएको थियो । जुभिनाइल शबनमले नै निर्देशन गरेको लघु चलचित्र हो । सार्वजनिक गरिएको एउटा गीतमा शान्तिप्रियको शब्द, युवराज चौलागाई र एन्जिलाज रेग्मीको स्वर तथा सन्तोष श्रेष्ठको संगीत रहेको छ भने अर्को गीतमा नितेशजंग कुँवरको शब्द/स्वर एवं संगीत रहेको छ । फिल्ममा कुमार गजुरेल, सञ्जना तिमल्सिना, माधव पौड्याल, मोहन चाम्लिङ, ओमकृष्ण भण्डारी, निशा थापालगायतले अभिनय गरेका छन् ।

प्रकाशित : असार ७, २०७४ ०९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?