सिड्नीमा तीनदिने आध्यात्मिक महोत्सव हुँदै

अस्ट्रेलियामा नेपालीको आफ्नै बहुसांस्कृतिक भवन नभएकाले यस्तो भवनले नेपाली कलासंस्कृति, परम्परालाई जर्गेना गर्न र बहुसांस्कृतिक पहिचानलाई अझ दरिलो बनाउन विश्वास आयोजकको छ ।

भाद्र १०, २०८२

नारायण खडका

A three-day spiritual festival taking place in Sydney

अस्ट्रेलिया — नेपाली समुदायका लागि बहुसांस्कृतिक भवन निर्माणका लागि सहयोग जुटाउने उद्देश्यका सिड्नीमा ३ दिने आध्यात्मिक महोत्सव हुने भएको छ ।

सिड्नीको बरउड पार्कमा शुक्रबारदेखि सुरु हुने यो महोत्सव ग्रेटर सिड्नी बहुसांस्कृतिक केन्द्र समितिले आयोजना गर्न लागेको हो । महोत्सवमा नेपालबाट पण्डित दिनबन्धु पोखरेल, बौद्ध लामा गुरु खेन्पो तेन्जिङ्ग त्रिन्ले लगायतका धर्मगुरु उपस्थित हुनेछन् ।

महोत्सवमा विविध धार्मिक, आध्यात्मिक र सांस्कृतिक झाँकीको प्रदर्शन गर्ने आयोजकको योजना छ । सिड्नीमा रहेका ५० बढी सामाजिक संघसंस्थाले यो महोत्सवमा हातेमालो गर्दैछन् । 

केन्द्रका अध्यक्ष विष्णु हमालले विभिन्न नौ चरणमा बहुसांस्कृतिक भवन निर्माण अघि बढेको बताउँदै महोत्सवपछि केन्द्र निर्माणका लागि जग्गा खरिद गर्ने लगायतका काम अघि बढने बताए । उनले अस्ट्रेलियामा नेपालीको आफ्नै बहुसांस्कृतिक भवन नभएको बताउँदै यस्तो भवनले नेपाली कलासंस्कृति, परम्परालाई जर्गेना गर्न र बहुसांस्कृतिक पहिचानलाई अझ दरिलो बनाउन सहयोग गर्ने बताए । 

नारायण खडका

Link copied successfully