भारतको इटारसी रेल्वे स्टेसनबाट नेपाली नागरिक सम्पर्कविहीन

सम्पर्कविहीन उनको खोजी कार्यमा सहयोग गरिदिन दिल्लीस्थित नेपाली राजदूतावासले विभिन्न संघसंस्थालाई अपिल गरेको छ ।

श्रावण २६, २०८२

कान्तिपुर संवाददाता

Nepalese citizens are out of touch from Itarsi railway station in India

काठमाडौँ — नेपालबाट भारतको गोवा जान हिँडेका रुकुम त्रिवेणी गाउँपालिका वाडा नं २ स्थायी घर भएका ५४ वर्षीय धर्मे कामी मध्यप्रदेशको इटारसी भन्ने ठाउँबाट सम्पर्कविहीन भएका छन् ।

उनी अगस्ट चार तारिखमा दिल्लीबाट ट्रेनको यात्रामा गोवा जाँदै थिए । पाँच अगस्टको बिहान करिब चार बजेको समयमा आफन्तजनबाट उनी सम्पर्कविहीन भएका थिए । उनी अहिलेसम्म कसैको पनि सम्पर्कमा आएका छैनन् ।

आफन्त उनको खोजी कार्यका लागि त्यस ठाउँमा जाँदा उनी त्यहाँ नभेटिएको इटारसी रेल्वे पुलिसले सीसीक्यामरामा चेक गराउँदा उनी पाँच अगस्टको बिहान चार बजेर पन्ध्र मिनेटतिर सीसी क्यामेरामा देखिएका थिए । त्यसपछि उनी कहाँ गए भन्ने सीसीक्यामेरामा पनि देखिन्न । उनी हराएको खबरले निकै चिन्ता बढाएको आफन्त गोपेद्र श्रीपालीले जनाएका छन् ।

उनको खोजी कार्यमा सहयोग गरिदिन दिल्लीस्थित नेपाली राजदूतावासले किन इन्डियालगायत विभिन्न संघसंस्थालाई अपिल गरिएको जनाएको छ । 

कान्तिपुर संवाददाता

Link copied successfully